कालीकोट । तिलागुफा नगरपालिकामा मुगुबाट आएको भे १ च ४४१२ नम्बरको हाइस दुर्घटना हुंदा घटना स्थलमा एक जनाको मृत्यु भएको छ भने ३ जनाको अवस्था गम्भिर रहेको र ५ जना सामान्य घाईते भएको र घाईतेहरुको कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठना जुम्लामा उपचारका लागि पठाइएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र शाहीले बताएका छन । मृतकको सनाखत हुन नसकेको खल्लागाड प्रहरी चौकीले जानकारी दिएको छ ।
सुर्खेतका लागि आज विहान मुगुबाट प्रस्थान गरेको हाइसमा १० जना यात्रु रहेको बताइएको छ । दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post