कालीकोटमा आज सांझ देखि मतगणना हुने

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाभर शान्त वातावरणमा सम्पन्न निर्वाचन पछि आज मतगणना हुने भएको छ । जिल्लाका ५ गाउँ पालिका र २ नगरपालिकाका मतपेटिका सदरमुकाम पुगेको र बांकी २ गाउँ पालिका र १ नगरपालिकाका मतपेटिका दिउसो अवेर पुग्ने भएपछि सांझबाट मतगणना हुने भएको जिल्ला निर्वाचन कार्यालय कालीकोटले जनाएको छ ।

पचालझरना,पलांता गाउँ पालिकाका मतपेटिका सदरमुकाम आउदै गरेको बताइएको छ । जिल्लाका १ सय २३ मतदान स्थलमा मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएको थियो ।

उक्त मतदानमा जिल्लाभर ४६ हजार ६ सय ६९ मतदातादे मतदान गरेको मुख्यनिर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित