कालीकोट । पछिल्लो समयमा हिमचितुवा भेटिने क्रम बढेको छ । सानो बाघको रुपमा हेरिएको हिमचितुवा कालीकोट कोट खर्कमा भेटिएको छ ।
स्थानिय शिक्षक हिरामणि सिमखाडाले फेसबुक मार्फत पोष्ट गरेको फोटामा सान्नित्रिवेणि गाउँ पालिकाको कोटमा उक्त हिमचितुवा भेटिएको बताएका छन । उनले पछिल्लो समयमा विरलै भेटिने हिमचितुवा उचित बास स्थानको अभावमा हराउदै गएपनि भेटिन थालेको बताए ।
जिल्लाका विभिन्न ठाउँमा हिमचितुवा(बाध) भएपनि चोरी सिकारी गर्ने क्रम बढेको स्थानियले बताए ।
स्थानियका अनुसार सरोकारवाला निकायको भने उचित ध्यान नगएको बताइएको छ ।
Discussion about this post