सामाजिक अभियान्ता तिरुवाले गरे जातीय विभेद विरुद्ध उजुरी

7
SHARES
15
VIEWS

कालीकोट । सामाजिक अभियान्ता वीर तिरुवाले जातीय विभेद विरुद्ध उजुरी दिएका छन । रास्कोट निवासी बिर तिरुवा प्रति जातिय भेदभाव भएको भन्दै रास्कोट नगरपालिका वडा नं १ हेप्कोट वस्ने अभिलाल शाहीका छोरा वर्ष ३० का अशोक कुमार शाही, उनका श्रीमति साविना कुमारी शाही (विना साविना ठकुरी) र उनकि शालि पशुविना शाही (प्रीया शाही) ले सामाजिकरुपमा खलल पुग्ने गरी जातिय भेदभाव गरेका छन् ।
पिडक तिनै जनाले सामाजिक संजालमा जातिय विभेदीत हुने खालका विभिन्न असलिल शव्दहरु ( कमारो, डुम, गुखाने तेरो थोप्डा फुटाली दिन्छु , कुकुर गधा, खाते, भैसि खाने कुकुर आमाको गर्भ देखि ठुलो हड्डी खाएको जस्ता आपत्ती जनक अपमन जनक शब्दहरु प्रयोग गरेर तथानाम अनेकौं गालि गलौज ) लेखेर पिडित विर तिरुवा लाई जातिय भेदभाव गरेका छन ।
विभिन्न समयमा विर तिरुवा लाई कोड गरी जातिय भेदभाव गरेको विभिन्न समयमा कुटपिट गर्ने योजना समेत तय गरेर फोनमा धम्की दिएको उक्त कुरा लाई सहन नसकि उनले जिल्ला प्रहरी कार्यलय कालिकोटमा आजै जाहेरी दिएका छन् ।
जाहेरीमा निज विर तिरुवाले आफुलाई समाजिक रुपमा खलल पुग्ने गरी गालि गरेको र सिगो साठि लाख दलित समुदायको सामाजिक अस्थीत्व लाई मेटाउने गरी भेदभाव गरेको हुदाँ पिडक लाई जातिय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय ) २०६८ र (पहिलो संशोधन) ऐन , २०७५ को दफा ३ को उपदफा १२ अनुसार कसुर गरेको हुदा उतm ऐन को दफा ७ ख) अनुसार हदै सम्मको सजाय गरि उतm ऐन कै दफा ९ अनुसार प्रचलित ऐन कानुन कार्वाही गरी पाउं भनि जाहेरी दिएको पिडित विर तिरुवाले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित