राष्ट्रिय सहकारी बैंकको कर्नालि प्रदेश संचालकमा महतारा तेब्बर मतले विजयि

7
SHARES
15
VIEWS

कालीकोट । नेपालको एक मात्र सहकारीहरुको बैंक राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण सभाबाट कालीकोटका काली बहादुर महतारा तेब्बर मतले विजयि भएका छन ।हिमचुलि कृषि सहकारी संस्था लि.का अध्यक्ष समेत रहेका महतारा ३ हजार ३सय ४५ मतले विजयि भएका छन । उनका प्रतिद्धन्द्धि सुर्खेतका विशाल केसीले १हजार ५ सय ६प्राप्त गरेका हुन ।जम्मा १हजार ८ सय३९  मतान्तरले पराजय भएका छन ।

जिल्ला सहकारी संघ लि. कालीकोटका अध्यक्ष समेत रहेका महताराले कर्नालि प्रदेश संचालकमा शनिबार सुर्खेतमा मतदान भएको थियो । कर्नालि प्रदेशका साथै देशभरबाट केवि उप्रेति प्यानलका साझा उम्मेद्धार महतारालाई सबै भन्दा बढि मत आएको राष्ट्रिय सहकारी बैंकले जनाएको छ ।

बैंकका अनुसार भोलि सोमबार मात्र अन्तिम नतिजा बाहिर ल्याउने तयारी गरेको बताइएको छ । यस अघि विभिन्न राजनैतिक दलहरुको भागबण्डामा कर्नालि प्रदेशमा माओवादी केन्द्रका भागमा परेको भएपनि नेपालि कांग्रेसले बागि उम्मेद्धार उठाएकोमा निर्वाचन भएको हो ।

विजयी भएपछि राष्ट्रिय सहकारी बैंक लि.का संचालक काली बहादुर महताराले सबै भन्दा पहिले कालीकोट जिल्लामा आफुले राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्ने बताएका छन । सहकारीहरुलाई बैंकको पहुंच बृद्धि र कर्जा लिन सहज हुने भएकाले बैंकको शाखा स्थापनामा आफुले पहिलो प्राथमिकतामा राखेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित