कालीकोटमा हिमचुलि सहकारीले संचालनमा ल्यायो अर्गानिक पसल

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको एक मात्र प्रतिष्ठित सहकारी संस्थाले अर्गानिक पसल संचालनमा ल्याएको छ । सदरमुकाम मान्ममा करिव ५० लाखको लगानिमा जिल्लामा उत्पादित स्थानिय रैथाने बालि तथा अन्य वस्तु संकलन गरेर व्यवसायकाे शुरु गरेको छ ।

पछिल्लो समयमा रैथाने बालिको उत्पादनमा कमि हुन थाले पछि हिमचुलि कृषि सहकारी संस्था लिमिटेडले सदस्यहरुले उत्पादन गरेका सिमि,भटमास,जौ,कोदो,फापर,रातो चामल,घ्यु,टिमुर,उसिना मकै,मह लगाएतका बस्तुहरु संकलन गरेर विक्रि गर्न थालेको संस्थाका व्यवसाय प्रवद्धन प्रमुख कृष्ण प्रसाद बरालले बताए । उनका अनुसार अघिल्लो समयमा कालीकोट र जुम्लामा उत्पादित स्याउ संकलन गरेर कोल्ड स्टोरमा संकलन पछि विक्रि गरेको र पछिल्लो समयमा कालीकोट जिल्लामा उत्पादन भएको सिमि,स्थानिय चामल,फापर,कोदो लगाएतका वस्तुहरु संकलन गरेर विक्रि गर्न शुरु भएको बताएका छन ।

संस्थाले यस अघि रास्कोटमा सहकारी सुपथ मुल्य पसल संचालन गरेर दैनिक उपभोग्य सामानमा सदस्य तथा समुदायलाई सहुलिएतमा सामान उपलब्ध गर्दै आएको छ । संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले सहकारी संस्थाको नाम अनुसारको काम गर्नका लागि हाल सम्म गर्दै आएका कामकार्वाहीमा थप गरेर अर्गानिक वस्तु खरिद शुरु भएको बताए ।

यसलाई व्यवस्थित गर्दै जिल्लाका ९ वटै स्थानिय तहमा समेत अर्गानिक पसलका लागि समन्वय गर्ने बताएका छन । कालीकोट जिल्लामा २०६५ सालमा स्थापना भएको हिमचुलि कृषि सहकारी संस्था लि.का १४ हजार सदस्यहरुलाई सेवा दिन जिल्लाभर ९ वटा सेवा कार्यालयमा विभिन्न सेवा दिदै आएको छ ।

संस्थाका हाल ४५ जना कर्मचारी रहेका छन भने ३७ करोड बढि कर्जा प्रवाह गर्दै आएको र निकट भविष्यमा जिल्ला बाहिर कार्यक्षेत्र विस्तारका लागि तयारी गरेको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताएका छन । संस्थाले अहिले सम्म राष्ट्रिय सहकारी महासंघ,राष्ट्रिय सहकारी बैंक तथा अन्य निकायबाट व्यवसायिक तथा अन्य विधामा पुरुस्कृत समेत भइसकेको संस्थाले जनाएको छ ।

त्यसै गरी संस्थाले हिमचुलि सहकारी संस्थाको भवनमा अर्गानिक पसल संगै खाजाघर समेत संचालनमा ल्याएको छ । अर्गानिक भोजनालयका रुपमा स्थापना गरिएको खाजाघरमा दुध डेरी समेत रहेको संस्थाले जनाएको छ । पछिल्लो समयमा मकै,कोदोको रोटी,रातो चामलको भात,दुध दहिको उचित व्यवस्थापन गरेको समेत बताइएको छ ।

जिल्ला बाहिरबाट आउने पर्यटकहरुले अर्गानिक वस्तुको माग बढे संगै अर्गानिक पसल संचालनमा ल्याइएको हो ।नेपालको पर्यटकिय क्षेत्र रारा,तातो पानि लगाएतका क्षेत्रमा घुम्न आउने क्रम बढे संगै अर्गानिक वस्तुको माग बढेको जानकारहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित