नेपालको संविधान खास्टोमा परिणत भयो – माओवादी नेता विकल्प

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा कालीकोट जिल्लाका इन्चार्ज विष्णु बहादुर विक(विकल्प)ले नेपालको संविधान कागजी खोस्टोमा परिणत भएको बताएका छन ।

संविधानमा जे कुरा उल्लेख भएको भएपनि व्यवहारत कार्यन्वयन हुनेमा समस्या रहेको बताएका छन । उनले एक स्टाटस लेख्दै वास्तविक जनताको पक्षमा आएको भनिएको संविधानले पछाडी पारिएका वर्ग क्षेत्र जाति लिंगको कुनै पनि वास्ता हुन नसकको उल्लेख गरेका हुन ।

केन्द्रिय नेता विकल्पले भर्खरै गठन भएको मन्त्रि परिषद तर्फ इंगित गर्दै २३ सदस्यिय मन्त्रि परिषदमा एक जना पनि दलितलाई समाबेश नगर्नुलाई संविधानको खिल्ली उडाउने गरी वेवास्ता भएको बताएका छन । उनि संगै अधिकांस दलित अधिकारकर्मि तथा कर्नालि बासिले संघिय सरकारमा साविकको कर्नालिबाट प्रतिनिधित्व नभएकोमा सामाजिक संजालमा आक्रोस पोखेका छन । नेता विकल्पले कागलाई वेल पाक्यो हर्ष न विस्मात भनेर व्यंग्य गरेका छन ।

साविकको कर्नालि प्रदेशबाट उचित प्रतिनिधित्व नभएकोमा आक्रोस शुरु भएको छ । अहिले प्रधानमन्त्रि पुष्पकमल दाहाल(प्रचण्ड)ले हेर्नेे गरी केही मन्त्रालय रहेकोमा दलितहरुको प्रतिनिधित्व हुने आशा गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित