कर्नालि प्रदेशले समृद्ध कर्नालिका लागि रोजगारी कार्यक्रम ल्याउन कार्यदल गठन

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेश सरकारको पहिलो प्राथमिकतामा रोजगारी सृजना गर्ने लक्ष्य रहेको छ । समृद्ध कर्नालिका लागि रोजगारी कार्यक्रम मुल नारा तय गरी अघि बढ्न मन्त्रि परिषदले निर्णय गरेको बताइएको छ ।

प्रदेश सभाका सचिव प्रेम प्रसाद आचार्यका अनुसार नव नियुक्त कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि राजकुमार शर्मा(आर्ट)ले पदभार ग्रहण गरेकै दिन १० हजारलाई रोजगारी दिने घेषणा संगै चर्चामा रहेको उक्त घोषणालाई आजको मन्त्रि परिषदले पूर्णता दिएको छ ।

आज माघ ४ गते बसेको मन्त्रि परिषदको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको सयोजकत्वमा समिति गठन गर्ने र उक्त समितिले ३० दिन भित्र सबै निजि तथा अन्य निकायमा रोजगारीका लागि प्रश्नावलि तय गर्ने निर्णय भएको बताइएको छ ।

कर्नालि प्रदेश नेपालको गरिविको सुचिमा रहेकाले रोजगारी सृजना गरी आत्मनिर्भर तर्फ उन्मुख गराउन रोजगारी सृजना गर्नु पहिलो काम रहेको प्रदेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित