रास्कोट नगरपालिका पोषणमा उत्कृष्ट

7
SHARES
15
VIEWS

कालीकोट । पोषण कार्यक्रमको वार्षिक समिक्षामा रास्कोट नगरपालिका उत्कृष्ट घोषित भएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले आयोजना गरेको समिक्षा कार्यक्रममा आज रास्कोट नगरपालिका सम्मानित भएको हो ।

रास्कोट नगरपालिकाका स्वस्थ्य शाखा संयोजक हंसराज बराललाई जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले सम्मान गरेको छ ।

जिल्ला स्वस्थ्य सेवा कार्यालय कालीकोटका निमित्त व्यवस्थापक डा.रत्नविर सुनार लगाएतको टोलिले सम्मान गरेको बताइएको छ । जिल्ला स्वस्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वस्थ्य सेवा व्यवस्थापक डाक्टर सुनारका अनुसार पोषण सम्बन्धि विभिन्न सुचकहरुमा रास्कोट नगरपालिकाले प्रक्रिया पुरा गरेकाले सम्मान गरिएको बताए ।

रास्कोट नगरपालिका पोषणमा उत्कृष्ट सम्मान कार्यक्रममा कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले सम्मानित बराललाई दोसल्ला सहित रास्कोट नगरपालिकालाई सम्मान पत्र हस्तान्तरण गर्दै सम्मान गरेको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका सुचना अधिकारी कटक महतले बताएका छन ।

जिल्लामा खोप लगाएतका क्षेत्रमा अन्य पालिकाले उत्कृष्टता गरे संगै सम्मान गर्दै आएको जिल्ला स्वस्थ्य कार्यालयले स्वस्थ्य क्षेत्रमा नयाँ आयम थप्न सफल भएको बताइएको छ । जिल्ला कै पोषणमा उत्कृष्टता हांसिल गरेकोमा रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही(पोषण)ले स्वस्थ्यकर्मिलाई धन्यवाद दिएका छन । उनले स्वस्थ्य क्षेत्रमा रास्कोटको सफलता निरन्तर जारी रहने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित