फेरीदै धारीको मुहार

7
SHARES
15
VIEWS

कालीकोट । कुनै जमानामा लालिघाट देखि कोटबाडाको धारी हुंदै साविकको ५ नम्बर क्षेत्रका कुमालगाउँ,रुप्सामा जाने उकालोमा खानेपानिको हाहाकार हुन्थ्यो । स्थानियले डोकोमा बोकेर पानि खुवाउने स्थानियहरुको अहिले घरघरमा धारा निर्माण भएका छन ।

त्यति मात्र होइन पहिले पिठ्युमा भारी बोकेर जानु पर्ने उक्त बाटोमा अहिले सररर गाडी कुदेको देख्दा सबैको मन बेग्लै हुन्छ । धारीको माथिल्लो क्षेत्रमा रहेको एक मात्र सुनथरालि विमानस्तलको काखमा रहेको कोटबाडाको धारी अहिले पर्यटकिय क्षेत्रको प्रवेश द्धारका रुपममा स्थापित हुन थालेको छ ।


धारीका एक सय आठ घरधुरीमा खानेपानि पुगेको छ । खानेपानिको लागि हेरालो राख्ने धारीका समुदायका लागि अहिले भने सबै समस्या टरेको छ ।आफुहरुले खानेपानि मात्र नभई तरकारी खेतिका लागि सिचाई समेतको व्यवस्था गर्न कृषकहरु अघि बढेको बताइएको छ ।


नांगो डांडा जहाँ जिल्ला सदरमुकाम मान्मबाट हेर्दा उराठ लाग्दो भुमिका रुपमा रहेको छ । पछिल्लो समय त्यस क्षेत्रमा स्वस्थ्य इकाई,आधारभुत विद्यालय समेत स्थापना भएपछि मुहार परिवर्तन हुन थालेको स्थानियले महसुस गर्न थालेका छ । उक्त ठाउँको विकासका लागि स्थानिय सरकारका साथै विभिन्न संघ संस्थाबाट समेत सहयोग भएपछि मुहार फेरिन थालेको हो।

सुख्खा क्षेत्रका रुपमा रहेको नरहरिनाथको कोटबाडामा डोकोमा लामो दुरीबाट खानेपानि ल्याउनु पर्ने धारीका घरघरमा धारा निर्माण भए संगै स्थानियमा खुशीयालि छाएको छ । जिल्लामा एक प्रतिष्ठित गैरसरकारी संस्था हुरेण्डेक नेपालको सामाजिक तथा प्राविधिक सहयोग तथा एकीकृत जलस्रोत ब्याबस्थापन कार्यक्रम हेल्भेटास स्विस ईन्टरकोअपरेसन नेपालको सहयोगमा धारीका एक सय आठ घरधुरीमा खानेपानि पुगेको छ । खानेपानिको लागि हेरालो राख्ने धारीका समुदायका लागि अहिले भने सबै समस्या टरेको छ ।आफुहरुले खानेपानि मात्र नभई तरकारी खेतिका लागि सिचाई समेतको व्यवस्था गर्न कृषकहरु अघि बढेको बताइएको छ ।

हेल्पटांसको अनुदान रकम तिस लाख ३१ हजार २ सय ९१ र नरहरिनाथ गाउँ पालिकाको साझेदारि रकम १४ लाख ४५ हजार एक रुपैया का साथै स्थानिय समुदायको १६ लाख ५८ हजार तिन सय १४ गरी कुल जम्मा ६१ लाख ३४ हजार ६ सय ६ रुपैयामा  सम्पन्न भएको सिमलपानी खानेपानि तथा सरसफाइ योजनाका अध्यक्ष दमनराज विष्टले बताएका छन । उनका अनुसार पहिले बुवा बाजेको बसोबास गर्ने धारीमा लामो समय देखि डोकामा पानि बोक्दै जिन्दगि वितेको स्मरण गर्दै अहिले घरघरमा धारा निर्माण भएपछि आफुहरु भाग्यमानि भएको भएको बताए ।

विगतमा वर्षमा पानि बोक्नकै लागि २ देखि तिन डोका प्रयोग हुने गरेको स्मरण गर्दै महिलाहरुको जिवनमा ठुलो समस्या आउने गरेको थियो घरमा काम गर्ने अवस्था आउदैन थ्यो तर त्यो समस्या अहिले हल भएको् विष्टको भनाई रहेको छ ।अहिले एक घर एक धारा सम्पन्न भएर खानेपानि आउन थालेपछि आफुहरु खुशि भएको धारीमा होटल ब्यबसाय संचालन गर्दै आएकी सर्मिला भण्डारा(बिस्ट)ले बताइन ।

उक्त वस्तिमा स्थानिय सरकारको पहलमा संचलनमा आएको आधारभुत बिध्यालय र स्वास्थ्य ईकाईमा खानेपानीको सहजता आए संगै स्थानियहरुमा खुशियालि छाएको छ ।कोटबाडाको डांडामा सुख्खा क्षेत्र त्यसको फेदीमा रहेको कुवाको पानि खाने स्थानियबासिहरुले सुरक्षित खानेपानि प्रयोग गर्न पाएको हुरेण्डेक नेपाल कालीकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले बताए । उनका अनुसार उक्त आयोजनाले त्यहाँका समुदायहरुको जिवनि नै फेरिने आशा आफुहरुले लिएको बताए ।


विगतमा वर्षमा पानि बोक्नकै लागि २ देखि ति डोका प्रयोग हुने गरेको स्मरण गर्दै महिलाहरुको जिवनमा ठुलो समस्या आउने गरेको थियो घरमा काम गर्ने अवस्था आउदैन थ्यो तर त्यो समस्या अहिले हल भएको् विष्टको भनाई रहेको छ ।अहिले एक घर एक धारा सम्पन्न भएर खानेपानि आउन थालेपछि आफुहरु खुशि भएको धारीमा होटल व्इवसाय संचालन गर्दै आएकी सर्मिला भण्डारा(बिस्ट)काे भनाइ रहेकाे छ ।


स्थानिय महिलाहरुले डोकोमा बोकेर पानि ल्याउन जांदा लाग्ने समय विहान बेलुका अन्य आयआर्जनको काममा लगाउने समेत बुढाको भनाई रहेको छ । उक्त खानेपानि आयोजनामा घरघरमा धारा संगै भांडा सुकाउने चाङका साथै फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने खाडल, जुठेल्नु सुधार सौचालयको स्तरोन्नति समेत व्यवस्थापन गरिएको बताइएको छ । उक्त खानेपानिमा मुख्य तथा सहायक लाइनमा चार हजार एक सय १७ मिटर रहेको बताइएको छ ।

साविकको कोटबाडा र धारी देखि सुनथरालि विमान स्थल सम्मको मार्गको स्तरउन्नतिका साथै पर्यटकिय हिसावले उचित व्यवस्थापन गर्न आफुहरु लागि परेको नरहरिनाथ गाउँ पालिका वडा न.१का अध्यक्ष जगत बहादुर विष्ट(निर्माण)ले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित