पचालझरना ९का वडा अध्यक्ष शाहीले गरे छड्के अनुगमन

7
SHARES
15
VIEWS

कालिकोट। पचालझरना गाउँ पालिका वडा नं ९ ले जनताका समस्याको हल गर्न वडा कार्यालयले छड्के अनुगमन शुरु गरेको छ । वडामा भए गरेका कामलाई गुणस्तर कायम गर्ने अनुगमन थालेको हो ।

आज वडा न.९का वडा अध्यक्ष ललितजंग शाही सहितको टोलिले यस वडा भित्र रहेका ३ वटा सामुदायिक बिद्यालयको अनुगमन गरेको छ । अनुगमनमा वडा सचिव बिनोद बहादुर शाही,वडा सदस्य ,राजनैतिक दलका प्रतिनिधी,अभिभावक,पत्रकार हितको टोलिले कामकार्वाहीका बारेमा अनुगमन गरेको बताइएको छ ।

वडा न.९मा संचालित शहिद आवासिय माध्यमिक बिद्यालय र कर्णाली आधारभुत बिद्यालय तिर्खातीमा अनुगमन गरेको स्थानियले बताएका छन । उक्त शैक्षिक संस्थामा समस्या समाधानका लागि बिद्यालयको आर्थिक लेखापरीक्षण,शिक्षक बिद्यार्थीको नियमित हाजिरी, विद्यालय व्यवस्थापन समिति पुनरगठका बिषयमा जानकारी लिएको वडा सचिव विनोद शाहीले बताएका छन । वडा अध्यक्ष शाही विद्यालयका कक्षा कोठामा गएर के कति पढाई भयो र शैक्षिक अवस्थाका बारेमा विद्यार्थि संग समेत अन्तरक्रिया गरिएको छ ।

नव निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरे संगै वडा स्तरमा शैक्षिक गोष्ठी गरेर १८ बुदे बिद्यालय संचालनका लागि आधारभुत आचारसंहिता जारी गरेर कार्यन्वयनमा आए नआएको बारेमा अनुगमन गरिएको वडा अध्यक्ष ललितजंग शाहीले बताएका छन।यस अभियानलाई निरन्तर जारी राख्ने शाहीको भनाई रहेको छ ।

पचालझरना गाउँ पालिकाको वडा न.९ले गाउँ पालिकाका अन्य वडाहरुको भन्दा फरक पहिचान दिने गरी काम अघि बढाएको स्थानियले बताएका छन । निवर्तमान मुख्यमन्त्रिको गाउँमा हरेक कामकार्वाहीहरुलार्इै गुण स्तरिय कायम गर्न आफु लागि परेको वडा अध्यक्ष शाहीले प्रतिक्रिया दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित