पलांतामा अवरुद्ध दाम्डिखोला जलविद्युत संचालन,स्थानिय खुशी

7
SHARES
15
VIEWS

कालीकोट । बाढिपहिरोबाट अवरुद्ध पलांता गाउँ पालिका वडा न.९को सिचाई कुलो तथा दम्डिखोला जलविद्युत संचालनमा आएको छ । गएको दशैंमा अबरुद्ध जलविद्युत आयोजना बाढिपहिरोबाट बन्द भएको थियो ।

सिंचाई कुलो आरसिसि ढलान सहित सम्पन्न भएपछि एक कार्यक्रमका विच पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकाया,उपाध्यक्ष अलैपरा हमाल सहितको उपस्थितिमा संचालन गरिएको छ ।

उक्त सिंचाई कुलोमा पानि हालेर शुरु गरिएको पलांताका समाजसेवि विम बहादुर बम(महेन्द्र)ले बताए । उनले भने लामो समय पछि थिर्पु बासिको सिचाई कुलो संचालनमा आउनु र त्यसमा पनि आरसिसि सहितको सिचाई कुलो बन्नुले समुदायका लागि ठुलो राहत तथा दिर्घकालिन योजनाका रुपमा विकास भएको बताए । उक्त कुलो संगै जलविद्युत संचालनमा आएपछि स्थानियहरुमो खुशिायलि छाएको उनले बताए ।

पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोका(इन्द्र)ले उक्त सिचाई कुलो निर्माणमा लागि पर्ने उपभोक्ता तथा आम समुदायलाई गुणस्तरिय काम भएकोमा धन्यवाद दिदै आगामि दिनमा पलांताका विकास निर्माणका काम भरपर्दाे बनाउन अनुरोध गरेका छन ।

पछिल्लो समय पलांता सरकारले काम थोरै गर्ने तर गुणस्तरमा विशेष जोड दिन लागि परेको अध्यक्ष रोकायको भनाई रहेको छ । पलांताले विकास निर्माणका कामहरुको अनुगमनलाई समेत तिव्रता दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित