Skip

News Portal

  • फिनल्याण्ड राजदुतावासको टोलि पलाता,स्थानीय द्वारा स्वागत

    रुपेन्द्र ऐडी९ माघ
    २२७ पटक
    ९ माघ

    कालिकोट ।स्वास्थ्य र सरसफाइमा काम गर्दै आएको एक परियोजनाको कामका बारेमा अनुगमन गर्न फिनल्यान्डको टोलि पलाता पुगेको छ ।
    पलाता गाउँ पालिकामा सबैका लागि दिगो खानापानी, सरसफाइ स्वच्छता आयोजना (सुस्वा)को कामकारबाहीको बारेमा अनुगमन गर्न उक्त टोलि पलाता पुगेको गाउँ पालिका प्रबक्ता तिलक बुढाले बताए ।उनका अनुसार सो परियोजना फिनल्याण्ड सरकार र नेपाल सरकारको खानापानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको दीर्घकालीन रुपमा अघि बढेको छ ।
    सो परियोजनालाइ निरन्तता दिन र आज सम्मका कामको अवस्था बुझ्न आएको फिनल्यान्ड बिदेश मन्त्रालय र राजदुतावासको टोलिले पलाताका समुदाय संग अन्तरक्रिया गर्दै विद्यालय तथा समुदाय संग मिलेर खानेपानी तथा स्वच्छता सम्बन्धित काम गर्ने बताइएको छ । सो परियोजनाले निरन्तर रुपमा निर्माण गर्ने अधिकार मानव अधिकार द्विपक्षीय अयोजना रहेको बताइएको छ ।
    सोमबार पलाँता गाउँपालिका कार्यालायमा अन्तरक्रियात्मक छलफल भइ वडा न २ मा श्री सरस्वती मा बि,थला तल्सरी खानापानी आयोजना, सरस्वति.मा.बि. राडुनेटा, सामुदायिक र मातृभूमि महिनावारीका बिषयमा छलफल भएको र संस्थाका लगानिकर्ताहरुको उपस्थितिले समुदायमा खुशियालि छाएको पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले स्वागत गर्दै कामलाई बहुउपयोगि रुपमा अघि बढाउने र गाउँ पालिकाले कुनै पनि कसुर बाकी नराख्ने बताएको प्रबक्ता बुढाले जानकारी दिएका छ्न ।

    प्रतिकृया दिनुहोस्