कर्नालिकाे माथिल्लाे क्षेत्रमा भारी हिमपात,जनजिवन कष्टकर

7
SHARES
15
VIEWS

कालीकोट । वर्षा संगै आएको हिमपातले कर्नालिका माथिल्ला जिल्लाहरुमा जनजिवन कष्टकर भएको छ । आज विहान बाट आएको लगातारको वर्षाले कालीकोट,हुम्ला जुम्ला तथा मुगुका माथिल्लो भेकमा हिमपात भएको छ भने तल्लो भेकमा वर्षा भएपछि मानिसहरुमा आवत जावत तथा दैनिक काममा असर परेको छ । कालीकोट जिल्लाको तिलागुफा,रास्कोट,पलांता लगाएतका गाउँका माथिल्लो क्षेत्रमा हिमपातले स्थानियको जिवनमा कष्टकर भएको बताइएको छ ।

लामो समय देखि पानि नपरेर हिंउदे बालि सुक्न लागेको अवस्थामा कृषकहरुलाई राहत भएको छ । पचालझरना १ निवासि गोकुल अड्काले आफुहरु आकाशे पानिको भरमा पर्ने भएकाले वर्षा भएपछि सुक्न लागेको गहुं तथा जौ वालि उत्पादनमा राहत हुने बताएका छन ।

कालीकोट जिल्लामा वर्षाले विद्युत अवरुद्ध भए संगै बैंक तथा सरकारी कार्यालयमा काम काज गर्न समेत कठिनाई भएको छ ।

सोलारको संचित पावर नहुने र विद्युत नभएपछि बैंकमा रकम जम्मा गर्न तथा झिक्नका लागि समेत कठिन भएको बताइएको छ । स्थानियहरु चिसो बढे संगै अन्य काममा समेत कठिनाई भएको बताइएको छ । दशैंमा आएको पानिले धेरै ठुलो क्षति पुगाए संगै पहिलो पटक वर्षा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित