कर्णाली प्रदेश सरकारले पुर्णता पायो, कुन मन्त्रालयको जिम्मेवारी कस्ले पाए ?

7
SHARES
15
VIEWS

कालीकोट ।कर्नाली प्रदेश सरकारले पुर्णता पाएको छ ।दलिय भाग बण्डाका आधारमा नेकपा(माओवादी केन्द्र)का तर्फबाट मुख्यमन्त्री राजकुमार शर्मा,भीमप्रकाश शर्मा भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्री,मंगल बहादुर शाही,भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री र कृष्ण जिसि आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका छन ।
त्यसै गरी नेकपा(एमाले)का तर्फबाट विनोदकुमार शाह,आर्थिक मामिला तथा योजनामन्त्री,टेकराज पछाई सामाजिक विकासमन्त्री  र जित वहादुर मल्ल  उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका हुन ।
यस अघि ८ मन्त्रालय रहेको कर्नाली प्रदेशमा एक घटाएर ७ मन्त्रालय मात्र रहने गरी एमाले र माओवादी बिच सहमति भएको हो। 

कर्नाली प्रदेशमा महिला र दलितको प्रतिनिधित्व भने मन्त्री परिषदमा नभएपछि चर्को आलोचना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित