खांडाचक्रमा जेष्ठनागरिकलाई न्यानो कपडा वितरण गर्दै नगर उपप्रमुख शाही

7
SHARES
15
VIEWS

कालीकोट । खांडाचक्र नगरपालिकाका जेष्ठनागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।

खांडाचक्र नगरपालिकाको जेष्ठनागरिक संग उपप्रमुख कार्यक्रम अन्तरगत खांडाचक्र नगरपालिकाको वडा न.९ र १०का जेष्ठनागरिकलाई न्यानो कपडा वितरण गरिएको बताइएको छ । खांडाचक्र नगरपालिकाले हिंउदको समयमा जाडो छल्न न्यानो कपडा वितरणको कार्यक्रम अन्तरगत सबै वडामा वितरण गरिने बताइएको छ ।

खांडाचक्र नगरपालिकाका उपप्रमुख गणेश बहादुर शाहीले आफुले निर्वाचन ताका गरेको बाचा अनुसार जेष्ठनागरिकलाई सम्मानका साथ न्यानो कपडा वितरण गरिएको बताएका छन । न्यानो कपडा पाए संगै जेष्ठनागरिकहरु खुशि भएका छन ।

खांडाचक्र नगरपालिकाका एकल महिला,जेष्ठ नागरिक,शहिद परिवार,अपांगता भएका व्यक्तिहरुलाई जकेट तथा स्विटर वितरण गरिएको नगर उपप्रमुखको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित