शैक्षिक गुणस्तरमा पहिलो प्राथमिकता -संघीय सांसद शाही

7
SHARES
15
VIEWS

कालीकोट ।कर्नाली प्रदेशक प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न आफू लागि पर्ने बताएका छ्न । पचालझरना गाउँ पालिकाको कालिका देबि आधारभूत बिद्यालय काेटीलाकाे ४ काेठे भवन उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य महेन्द्र बहादुर शाहीले एक कार्यक्रमका बिच उद्धाटनका क्रममा सो कुरा बताएका हुन ।
सो उद्घाटन कार्यक्रममा पचाल झरना गाउँ पालिका अध्यक्ष देवराज शाही उपाध्यक्ष अल्किना बम पूर्व गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल उपाध्यक्ष तारा न्याैपाने महावै गा.पा अध्यक्ष खेम बहादुर सिह वडा नं १ देखि ९ सम्मका वडा अध्यक्ष पचालझरना शिक्षा शाखा प्रमुख नमराज शाही प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर बि क लगाएतका सरोकारवालाहरुको उपस्तिथिमा भएको थियो ।
सो कार्यक्रममा बि बि सी नेपाली सेवा का प्रत्रकार नेत्र के सी प्रदेश आवाज एफ एम का अध्यक्ष रत्न कार्की लगाएतको सहभागिता रहेको हो ।कार्यक्रमका प्रमुख अतिथि प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न आफू निरन्तर रुपमा लागि रहने बताएका छ्न ।
शाहीले आफू यही गाउँमा जन्मेर यही स्कुल पढेर आज याे अबस्थामा पुगेकाे बताएका छन।
यहाँका भौतिक संरचनाको लागि आफु लागि परेको बताउदै सडक, भवन बनाउने काम आफ्नो भएकोले संरक्षण गर्ने काम यहाँका समुदायको रहेको बताउदै कालिकोटे जनताकाे बिचमा रहेर गाउँमै बसेर बिकासका काममा सहभागी हुने प्रतिबद्ता समेत ब्यक्त गरेका छ्न । आजै ज्ञानोदय माबी रामानाकोटको भवन सिलान्यास समेत गरिएको छ ।जन्मघर कोटिलामा पुगेका सांसद शाहीलाई बाजागाजा सहित स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित