स्वर्गीय सिंह बहादुर शाही सहकारी र समाजको लागि उत्कृष्ट ब्यक्ती हुन-अध्यक्ष महतारा

7
SHARES
15
VIEWS

कालिकोट । हिमचुली कृषि सहकारी संस्था लि.का  अध्यक्ष काली बहादुर महताराले सहकारीका सहायक ब्यबस्थापक स्वर्गीय सिंह बहादुर शाही सहकारी र समाजका लागि उत्कृष्ट ब्यक्ती भएको बताएका छन ।

स्वर्गीय सिंह बहादुर शाहीको प्रथम बार्षिकी श्रदान्जली कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष महताराले संस्था स्थापना देखि काम गर्दै आएका स्वर्गीय शाहीले विभिन्न क्षेत्रमा काम गर्दै विशेष गरी महिलाहरुको आय आर्जनका लागि महत्त्वपूर्ण भुमिका खेलेर नयाँ सन्देश दिएको स्मरण गरेका छ्न ।अध्यक्ष महताराले स्वर्गीय शाही  जन्मघरमा समाज बिकाशमा गरेको योगदानले अहिले पनि अभाब झेलेको बताएका छ्न ।

त्यसै गरी संस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र प्रसाद आचार्यले स्वर्गीय शाहीका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छ्न ।स्वर्गीय सिंह बहादुर शाही गएको वर्ष माघ १४ गतेका दिन संस्थाको केन्द्रिय कार्यालयको निर्माणधिन भवनमा खसेर निधन भएको थियो ।सो वार्षिकिमा संस्थाका ९ वटै सेवा कार्यालयमा श्रद्वान्जली कार्यक्रम गरिएको छ ।

त्यसै गरी सेवा कार्यालय पिलिमा संघीय सांसद तथा प्रथम मुख्यमन्त्री  महेन्द्र बहादुर शाहीको उपस्थितिमा श्रदान्जली कार्यक्रम गरिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित