प्रथम मुख्यमन्त्री शाहीको उपस्थितिमा पिलिमा मनाइयो स्वर्गीय शाहीको स्मृति कार्यक्रम

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)का पोलिट ब्युरो सदस्य तथा कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा हिमचुली कृषि सहकारी संस्था लिमिटेडको पिलि सेवा कार्यालयमा स्वर्गीय सिंह बहादुर शाहीको स्मृति कार्यक्रम गरिएको छ ।

महाबै आयोजित कार्यक्रमको लागि प्रस्थान गर्ने  क्रममा संघीय सांसद शाहीको उपस्थितिमा श्रदान्जली कार्यक्रम गरिएको संस्था कि संचालक सृजना शाहिले बताएकी छ्न ।

उनका अनिसार सो कार्यक्रममा रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही,महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंह लगाएतका नेताहरुको उपस्थिति रहेको बताइन । गएको माघ १४ गते संस्थाको मान्म स्थित नवनिर्मित भवनको छतबाट खसेर शाहीको निधन भएको थियो ।

स्वर्गीय सिंह बहादुर शाही हिमचुली कृषि सहकारी संस्था लिका सहायक ब्यबस्थापक समेत रहेको संस्थाले जनाएको छ ।हिमचुली कृषि सहकारी संस्था लिमिटेडले आज जिल्लाका १० वटै सेवा कार्यालयमा स्मृति कार्यक्रम गरेको संस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र प्रसाद आचार्यल बताए ।

आचार्यले संस्था स्थापना देखि निरन्तर काम गर्ने स्वर्गीय शाहिका राम्रा कामको सिको गर्दै अघि बढ्ने र उनका अधुरा कामहरु पूरा गर्ने प्रतिबद्धता समेत गरेका छ्न ।हिमचुलि कृषि सहकारी संस्था कालिकोट जिल्लामा २०६५ सालमा स्थपना भएको सहकारी हो ।

यसका जिल्लाभर ९ वटा सेवा कार्यलयका साथै १४ हजार सदस्य रहेको ठूलो व्यावसायिक सहकारी संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित