म एकल महिला हुं पलांति महिलाहरुको जिवन परवर्तन हुने गरी काम गर्ने छु-पलांता उपाध्यक्ष हमाल

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमालले आफु दुखकष्ट व्यहोर्दै आएको एकल महिला भएकाले पलाति महिलाहरुको जिवनमा परिवर्तन आउने गरी काम गर्ने बताएकी छन । पलांता गाउँ पालिकामा रोग भोक अशिक्षा र उत्पिडनको समस्याले झेलेर अघि बढ्न नसकेको महिलाहरुको जिवनमा नयाँ पन ल्याउन आफ्नो कार्यकाल भरी विभिन्न खालका योजना ःल्याएर अघि बढ्ने बताएकी छन ।

कर्नालि संचार संग कुरा गर्दै उपाध्यक्ष हमालले आफुले श्रीमान गुमाएपछि कैलालि जिल्लाबाट घर फर्किदा दुई वालबच्चालाई पालन पोषण गर्न आफुले सहेको पिडाको स्मरण गर्दै अन्य महिलाहरुले पनि त्यस्तै खालको समस्या गुजार्दै आएकोले चालु वर्षमा केही कार्यक्रम सोचे जस्तो नभएपनि आगामि वर्ष समस्या केन्द्रित योजनाको तयारीमा रहेको बताएकी छन । अहिले पलांता गाउँ पालिकाका जल्दाबल्दा समस्या भनेकै परम्पराबादी चिन्तन तथा रहसन संस्कृतिको घेरा रहेकाले चेतनामुलक कार्यक्रम मात्र गरेर सम्भव नभएकाले आत्मनिर्भर हुने गरी आयआर्जन तथा सिप विकासको जरुरी भएको उपाध्यक्ष हमालको भनाई रहेको छ ।
पलांता गाउँ पालिकामा चालु वर्षको अध्यक्ष तथा उपाध्यक्ष कोषलाई सुचना संचार र गाउँ पालिकाको प्रोफाइल व्यवस्थापन लगाएको बताउृदै उपाध्यक्ष हमालले एकल महिलाहरुलाई रोजगारीमा जोड्ने क्रम बढोको बताएकी छन ।

न्यायिक समितिको संयोजक समेत रहेकी उपाध्यक्ष हमालले अहिले पलांता गाउँ पालिकाका सबै वडाहरुमा मेलमिलाप समिति गठन भएको र गाउँ पालिका स्तरमा ७ वटा भैझगडा लगाएतका मुद्धाको किनारा लगाएको समेत बताएकी छन । न्यायपािलकालाई व्यवस्थित गर्दै सरकार र जनतामा भिन्न महसुस हुने गरी अघि बढ्नमो आफु लागि पर्ने बताएकी छन ।

पलांता गाउँ पालिका उपाध्यक्ष हमाल नेकपा(माओवादी केन्द्र)बाट विजयि हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित