अर्धवार्षिक समिक्षा गोष्ठि गर्दै हिमचुलि सहकारी

7
SHARES
15
VIEWS

कालीकोट । सहकारी क्षेत्रमा भिन्न पहिचान गर्दै आएको हिमचुलि कृषि सहकारी संस्थाले चालु आर्थिक वर्षमा गरेका कामकार्वाहीको समिक्षा शुरु गरेको छ । जिल्लाभर १० वटा सेवा कार्यालय स्थापना गरेको हिमचुलि कृषि सहकारी संस्था लि.ले गएको साउन देखि पौष मसान्त सम्म तय गरेका कार्ययोजनाको समिक्षा सहित अघि बढ्न अर्धवार्षिक समक्षिा हुरु गरेको संस्थाले जनाएको छ ।

हिमचुलि कृषि सहकारी संस्थाले पहिलो चरण्मा सान्नित्रिवेणि र पलांता सेवा कार्यालयमा अर्धिवार्षिक समिक्षा गर्दै तय गरेका योजनाहरुमा ५५ प्रतिशत सफलता हांसिल गरेको बताइएको छ । सान्नित्रिवेणि गाउँ पालिकामा रहेको सेवा कार्यालयमा संस्थाका सचिव पौरख विक र मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यको उपस्थिति तथा पलांता गाउँ पालिकामा रहेको सेवा कार्यालयमा संस्थाका संचालक समिति सदस्य सर्जन बुढा र सहायक व्यवस्थापक रुपेन्द्र ऐडीको उपस्थितिमा अर्धवार्षिक समिक्षा गरिएको सेवा कार्यालय पलांताका व्यवस्थापक शेर बहादुर नेपालिले बताए ।

उनका अनुसार वार्षिक रुपमा तय भएको लक्ष्य प्रगति प्रस्तुत गर्नुका साथै आगामि कार्यक्रमका बारेमा समिक्षा गर्दै अपुग्ता भएका कामलाई पूर्णता गर्ने प्रतिवद्धता गर्दै सम्पन्न भएको बताएका छन । समिक्षा कार्यक्रममा संस्थाका पूर्व संचालक र कर्मचारीहरुको सहभागिता रहेको बताइएको छ ।

माघ महिना भित्र सबै सेवा कार्यालयमा अर्धवार्षिक समिक्षा गोष्ठिको आयोजना गरिएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताए । उनका अनुसार संस्थाले पछिल्लो समय एक सदस्य एक उत्पादनलाई जोड दिदै हरेक सदस्यहरुले संस्थालाई उत्पादित वस्तु उपलब्ध गराउने गरी कार्यक्रम तय गरेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित