कालीकोट । जनयुद्ध दिवशको २८ औं प्रबेस गरेको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउन शुरु भएको छ ।महाबै गाउँ पालिकाले आज फागुन १ गते ओदा आधारभुत स्वास्थ्य इकाइमा बृक्षारोपण गरेर मनाएको छ ।
महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहको उपस्थितिमा बृक्षारोपण गरिएको हो । नेकपा(माओवादी केन्द्र) जिल्लाका विभिन्न स्थानीय तहमा अन्तरक्रिया,शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेर मनाउने जनाएको छ ।
नेपाल सरकारले समेत फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय समेत गरेकोमा माओवादी केन्द्रले स्वागत गरेको छ ।नेकपा(माओवादी केन्द्र) कालिकोटका जिल्ला संयोजक लक्ष्मी चौलागाईंका अनुसार राज्यले समेत जनयुद्ध दिवशमा बुदा दिनुले स्वागत योग्य काम भएको र जनताको सरकार भएको हुने गरेर अनुभुती हुन थालेको बताए ।
Discussion about this post