कालीकोटमा मात्र ४० प्रतिशत रोपाई

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लामा ४० प्रतिशत मात्र रोपाई भएको छ । विगत वर्षहरुमा भन्दा यस वर्ष पानि परेपनि कृषकहरुले समयमा विउ नराख्दा जिल्लाका अधिकांस ठाउँमा समयमा रोपाई नभएको हो ।

जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतका अनुसार जिल्ला भित्र कतै ८० प्रतिशत भन्दा माथि रोपाईको भएको छ भने कतै भर्खर रोपाई भएको बताउनु भएको छ ।कर्नालि संचार संग कुरा गर्दै प्रमुख बस्नेतले तिलागुफा नगरपालिकामा ८० प्रतिशत रोपाई सम्पन्न भएको छ भने अन्य क्षेत्रको तुलनात्मक रुपमा मिलाएर लैजादा ४० प्रतिशत मात्र रोपाई भएको दावि गर्नु भएको छ ।

पचालझरना १ का अगुवा कृषक बर्म ऐडीका अनुसार आफुहरुले आकाशे पानिको भरमा खेतमा रोपाई हुने भएकाले जेष्ठ दोस्रो साता मात्र धानको विउ राखेका कारण समयमा रोपाई नभइ ढिलो भएको बताउनु भएको छ । जिल्लाका पचालझरना,पलांता र नरहरिनाथ गाउँ पालिकाका अधिकांस क्षेत्रहरु आकाशे पानिको भरमा रोपाइ हुने भएपछि ढिलो रोपाइ भएको बताइएको छ ।

कालीकोटमा कृषि योग्य जमिन १०.३३ प्रतिशत मात्र रहेको छ ।जिल्ला स्थित पाश्वचित्रमा उल्लेख भए बमोजिम कुल क्षेत्रफल १ लाख ७४हजार ९४दशमलब ८७ हेक्टर मध्ये खेति योग्य १७ हजार ९ सय ८४ हेक्टर अर्थात १०.३३ प्रतिशत रहेको छ ।

जिल्लामा खेति गरिएको क्षेत्रफल भने ९०दशमलव ९० रहेको छ । कुल सिंचाइ हुने जमिन ३९दशमलव २६ रहेको छ भने मौषमि सिचाई हुने क्षेत्र ५५ दशमलव २१ रहेको बताइएको छ । वर्षभरी सिचाइ हुने क्षेत्र ४६दशमलव ७४ प्रतिशत रहेको जिल्ला विकास समितिको सुचना अभिलोख शाखाको पाश्र्वचित्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित