रास्कोटका क्यान्सर पिडित धर्म खड्काको जिवन कष्टकर बन्दै

7
SHARES
15
VIEWS

कालीकोट । मान्छेको जिवनमा रोग व्याधि लाग्ने गर्दछन तर रास्कोट नगरपालिकाका धर्म खड्को जिवन दयनिय बन्दै गएको छ । वर्षले ६० पुगेका रास्कोट नगरपालिका २ पुछुडबाडा निवासि खड्काको घांटीमा क्यान्सर रोग लागेको तीन वर्ष वित्यो । विभिन्न ठाउँमा उपचार गरेर निको नभएका खड्काको जिवन कष्टकर बन्दै गएको छ ।उनि अहिले जिवनमरणकाे लडाइ लड्न बाध्य भएका छन ।


आफुले वुवाकाे उपचारका लागि लागेकाे खर्च ९ लाख पुग्याे । उहिले निकालेको ऋण तिर्न सक्ने अवस्था नभएको बताउदै छाेरा सुरेन्द्र खड्काले भने नत बुवाको विराम निको भयो नत रकम नै बच्यो । गरिवहरुलाई हेर्ने सरकार कहिले आउने रहेछ भन्ने महसुस आफुले बल्ल थाहा पायाै‌ ।


लामो समयमा लागेको क्यान्सरले अहिले दांया गाला हुंदै घांटी सम्म पुगेपछि न त खाना खान मिल्छ नत बोल्न नै । तिन वर्ष अघि दांत निकाल्दा शुरु भएको क्यान्सर रोग जिल्ला स्तरमा उपचार गर्दै भक्तपुर क्यान्सर अस्पताल,विर अस्पताल लगाएतका ६ भन्दा बढि अस्पतालमा उपचार गर्दा ९ लाख बढि खर्च भएको तर निको नभएपछि अहिले घरमा हिडडुल सम्म गर्न नसक्ने भएको छोरा सुरेन्द्र खड्काले बताए । उनले भने उपचारका लागि यस अघिको सरकारले नगरपालिकाबाट १० हजार र विपन्न नागरिक कोषमा सिफारिस गर्दा एक लाखको सहयोग पाएको बताए ।

त्यहि सहयोग हो पहिले हामी छौं उपचारको लागि आवश्यक सहयोग गर्ने भन्नेहरु अहिले कोही पनि सहयोग त परै जाओस भेटघाट गर्न समेत नआएको बताए । खानाको नाममा जुस मात्र बढिमा २ थोपा मात्र खाने धर्म खड्का हिड्न सम्म नसक्ने अवस्थामा रहेका छन ।

क्यान्सर रोगको उपचारका लागि सरकारले सहयोग गर्ने भने पनि गरिवहरुको पहुंचमा विभिन्न प्रक्रिया गर्न ठिक्क समय लाग्ने तर सहयोग नाममा मात्र हुने गरेको बुवाको उपचारमा निरन्तर सहयोग गर्दै आएका छोरा सुरेन्द्र खड्काले बताए । आफुलाई उपचारका लागि निकालेको ऋण तिर्न सक्ने अवस्था नभएको बताउदै नत बुवाको विराम निको भयो नत रकम नै बच्यो । गरिवहरुलाई हेर्ने सरकार कहिले आउने रहेछ भन्ने महसुस आफुले बल्ल थाहा पाएको उनको भनाई छ ।


रास्काेट नगरपालिकाका निमित्त कार्यकारी प्रमुख जवानसि‌ँह बमले राहतका लागि थाेरै बजेट छुट्याएकाे र साे रकम वितरण गर्न यस वर्ष एक सय ५० भन्दा बढि निवेदन आएकाले नगरपािलकाले  ५ लाख बजेटलाइ कार्यपालिकाकाे बैठक बसेर वितरण प्रक्रिया अघि बढ्ने बताएका छन ।


पुछुडबाडा निवासि धर्म खड्काका ४ छोरा र दुई छोरी रहेका छन । खेति किसानमा सक्रिय रहने खड्का जिवनमा आफुले अरुलाई गरेको सहयोग सम्झदै गहभरी आंशु झारेर मेरो जस्तो रोग अरु कसैलाई नलागोस भन्ने चाहान्छन । पछिल्लो समयमा बोल्न सम्म नसक्ने अवस्थामा रहेका खड्काले अन्य सुविधा भएपनि घातक रोगका लागि उपचारमा सहजता आउनु पर्नेमा जोड दिएका छन ।स्थानिय बासि पदम खड्काले पालिकामा दुइ वर्ष अघि उपचारका लागि पहल गर्दा मात्र १० हजार सहयाेग भएकाे बताए । अन्य उपचारका लागि घरपरिवारले ऋण गरेकाे बताएका छन ।

स्थानिय सरकारको तर्फबाट के कस्तो सहयोगको प्रक्रिया भएको हो भन्ने बारेमा रास्कोट नगरपालिका वडा न.२ का वडा अध्यक्ष धुर्वराज सिमखाडाले आफुले भेटघाट गरेको अहिले क्यान्सर पिडित खड्काकाे अवस्था नाजुक रहेकाे बताउदै रास्काेट नगरपालिकामा सहयाेगकाे पहल गरेकाे बताएका छन् । उनले भने रास्काेट नगरपालिकामा भएका बजेटबाट सहयाेग गरिने बताएका छन् ।

रास्काेट नगरपालिकाका निमित्त कार्यकारी प्रमुख जवानसि‌ँह बमले घातक राेगका लागि भन्दा पनि राहतका लागि वितरण गर्ने गरेकाे बताएका छन । उनका अनुसार यस वर्ष एक सय ५० भन्दा बढि निवेदन आएकाले नगरपािलकाले छुट्याएकाे ५ लाख बजेटलाइ कार्यपालिकाकाे बैठक बसेर jवितरण प्रक्रिया अघि बढ्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित