कालीकोट ।पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकाया(इन्द्र)ले गाउँ पालिकाका कामकार्वाही अघि बढ्ने बताएका छन । पलांतामा यस अघि निति विधि विपरित काम हुने गरेका कारण कयौं काम अव्यवस्थित भएकाले निति विधि मार्फत काम अघि बढाउने बताएका छन ।
अध्यक्ष रोकायाले हिंउदे गाउँ सभा मार्फत एन तथा कार्यविधि बनाएर अघि बढ्ने बताएका छन ।फागुन २८ गते हुने गाउँ सभा गरेर बाधा अड्काउ फुकाउने बताएका छन ।उनले भने गाउँ पालिकाको प्रोफाइलका साथै ५ वर्षे रणनिति योजना बनाउन लागि परेको बताएका छन । अहिले सबै वडाहरुमा प्रोफाइलका लागि विवरण संकलनको प्रक्रिया पुरा भएको र रणनिति योजनाका बारेमा व्यापक मात्रमा छलफल शुरु गरेर सुझावहरु संकलन गरिएका छन ।
आफु कार्यकालमा आएपछि छ महिनाको कामकार्वाहीका सवालमा अध्यक्ष रोकायाले गाउँ पालिकामा सुचना संचारमा समस्या भएकाले ट्लिकमको टावर सुचारु गरिएको छ भने एनसिएलले पनि टावर निर्माण गरेर सहजता गरिएको छ । त्यसै गरी गाउँ पालिकामा सडक निर्माणका कामहरु तिव्रगतिमा भएको तर विगतको भन्दा फरक पहिचानका साथ विधि सम्बत रुपमा कामकार्वाही अघि बढउन आफुहरु लागि परेको बताएका छन ।
समुदायमा विकास निर्माणका कामहरुमा विधि नपुगाई गरिएकाले समस्या आएकाले बजेट व्यवस्थापन गरेर पूर्णता दिनु पर्ने आफुहरुको कांधमा आएको अध्यक्ष रोकायाको भनाई रहेको छ । पहिलो वर्ष अनुभवको वर्ष भएकाले निति विधि बनाएर आगामि वर्षहरुमा व्यवस्थित तरिकाले आफुहरु अघि बढ्ने बताएका छन ।
अहिले पुरानै अस्तव्यस्तलाई सम्हाल्न कठिन भएको र नयाँ पहिचान सहितको परिणाममुखि काममा समस्या आएको अध्यक्ष रोकायाको भनाई रहेको छ । आफुहरुको कार्यकालमा जनताका समस्याहरु क्रमस हल गर्ने गरी अघि बढ्न पार्टी र सरकारको एक भएर जान जनतामा सुझावहरु लिदै अघि बढ्ने काम भएको छ ।
Discussion about this post