लाफामा “होम स्टे”

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय उत्पादन र कृषिमा व्यवस्थित भएको पचालझरना गाउँ पालिकाको लाफा गाउँमा होम स्टे संचालनमा आउने भएको छ । विकास प्रेमिका रुपमा चिनिदै आएका लाफा गाउँका अगुवा विष्णुलाल न्यौपाने(हुलागि)को अगुवाईमा होम स्टे संचालनमा ल्याउन लागिएको हो ।
विगत लामो समय देखि समाजसेवामा लागि परेका न्यौपानेले गाउँमा झोलुंगे पुल,तटबन्धन,जलविद्युतका साथै कयौं नमुना काम गर्दै आएका छन । आफ्नै लगानिमा समाजमा विभिन्न रचनात्मक काम गर्दै आएका विष्णुलालले कुनै सार्वजनिक पदमा नभएपनि निरन्तर काम गर्दै विकास निर्माणमा तिव्रता दिदै आएका छन ।
पचालझरनाको मुख्य प्रवेशद्धारमा रहेको लाफा गाउँमा केरा खेति देखि स्थानिय उत्पादन हुने वस्ति हो ।

जिल्ला बाहिर तथा जिल्ला भित्रका पाहुनाहरुलाई स्थानिय रातो चामलको खाना र गहुं मकैको रोटी खुवाउदै आएका न्यौपानेले प्रदशे सरकारको पर्यटन तथा वातावरण मन्त्रालय विरेन्द्रनगर सुर्खेतको सहयोगमा डिभिजन वन कार्यालयको समन्वयमा होम स्टेको उचित व्यवस्थापन हुने बताइएको छ । लाफा होम स्टेको नाम दिएको उक्त होम स्टेको सबै प्रक्रिया पुरा गरेको र सम्झौताका लागि अघि बढ्ने लाफा होम स्टेका संचालक विष्णुलाल न्यौपानेले बताए ।

होम स्टेमा नेपालको अग्लो पचालझरना हेर्न आउने पर्यटकहरुलाई स्वागतका लागि होम स्टेको संचालनमा ल्याउन लागिएको बताइएको छ । सरकारी तवरबाट यस अघि पचालझरनाको काखमा सुचारु गरिएको होम स्टे शुरु गरिएको भएपनि सामुदायिक स्तरमा पहिलो पटक लाफा हामे स्टे दर्ता भएको बताइएको छ ।

होम स्टे संचालनमा आएपछि स्थानिय खाना र उचित बासको व्यवस्थापन गरिने होम स्टे संचालक न्यौपानेको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित