पचालझरनामा जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न,कामकार्वाहीमा सहज हुने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ ।चालु आर्थिक वर्षमा कामलाई व्यवस्थित गर्न र नयाँ जनप्रतिनिधिहरुलाई निति नियमको बारेमा जानकारी गराउन तालिमको आयोजना गरिएको पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विकले बताए ।

तिन दिन सम्म चलेको तालिममा स्थानिय सरकार संचालन ऐन र त्यसका मातहतमा बनेका कार्यविधि अनुसार गर्नु पर्ने निति विधिको बारेमा जानकारी गराइएको बताए । उनले भने वडामा गरिने सिफारिस देखि काम कर्तव्य र अधिकारका बारेमा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई अभिमुखिकरण गरिएको बताए ।

पछिल्लो समयमा नागरिकहरुलाई सेवा दिदा हुन आउन सक्ने समस्यालाई न्युनिकरण गर्न जनप्रतिनिधिहरु सक्षम हुने बताइएको छ । गएको वर्ष गरिएका काम र कार्यविधि नहुंदा आएको कठिनाई र अड्किएको बाधा अड्काउ फुकाउनका लागि १४ वटा ऐन तथा कार्यविधि बनाइएको प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विकले बताएका छन । गाउँ पालिकाले आयोजना गरेको अभिुमुखिकरण कार्यक्रम ले वडा स्तरमा काम गर्दा आउने बाधाहरु हटेको वडा न.२का वडा अध्यक्ष करविरे कामीले बताए ।

पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले नयाँ जनप्रतिनिधिलाई जनताको सेवा गर्दा अलमल नहोस भनेर अभिमुखिकरण गरिएको र सहभागिहरुले व्यापक मात्रामा अन्तरक्रिया तथा छलफल भएको बताएका छन । साे कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मिना रावतले तालिमले जनातालाइ सेवा दिदा सहजता अाउने बताउदै गाउँ पालिकालाइ धन्यवाद दिएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित