बाढिपहिरोको संकटग्रस्त क्षेत्र पलांतामा ४ वटा वस्ति स्थान्तरण गरिने

7
SHARES
15
VIEWS

कालीकोट । गएको दशैमा आएको बाढि पहिरोले सबै भन्दा बढि क्षेति पुगाएको पलांतामा ४ वटा वस्तिका समुदायालाई स्थान्तरण गर्नु पर्न अवस्था आएको बताइएको छ ।सो वस्तिका समुदायालाई बैकल्पिक व्यवस्थापन गरिएको पलांता गाउँ पालिकाले जनाएको छ ।

जस अनुसार वडा न.८को नाउडांडा नाइबाडा वस्तिका ५५ घरधुरीमा समुदायको घरमा क्षति पुगेको र अहिले घरबार विहिन समुदायलाई अन्यत्र राख्नु परेको पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले बताएका छन । त्यसै गरी वडा न.६को कम खौला वस्ति,वडा न.४को रिठेखोलि र दलित वस्ति र वडा न.३को धौलागाउँमा पहिरो आएर पुरै वस्ति जोखिममा रहेको बताएइएकाे छ । अहिले वडा न.८को नाइबाडा वस्तिमा पहिरो निरन्तर रुपमा अघि बढेको बताइएको छ ।

पलांता गाउँ पालिकाले धान्न सक्ने बजेट नभएको तर राज्यले बाढिपहिराले उच्च क्षेति पुगेको भन्दै संकटग्रस्त क्षेत्र घोषणा गरको तर उचित बजेट व्यवस्थापन हुन नसक्दा समस्या आएको अध्यक्ष रोकायाको भनाई रहेको छ । पलांता गाउँ पालिकाको तर्फबाट अघिल्लाे कार्यकालका विकास निर्माणका अधुरा कामको पूर्णता गर्नुका साथै उक्त कामको भुक्तानि दिन रकम अभाव हुंदा माथिल्लो निकायमा बाढिपहिरोका लागि प्रक्रिया शुरु गरिएको अध्यक्षा राेकायाले बताए ।

पलांता गाउँ पालिकाका प्रवक्ता तिलक बुढाका अनुसार पलांतामा हुने विकास निर्माण देखि अन्य कामका बारेमा सरकारले ५ वर्षे रणनितिक योजना बनाएर अघि बढ्न लागेको बताएका छन । त्यसै गरी पलांताका हरेक योजनालाई गुणस्तर कायम गर्न अनुगमन तथा निरिक्षणमा विशेष जोड दिन थालिएको पलांता गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत कर्मसिंह बमले बताएका छन ।

अहिले योजनाहरु व्यवस्थित हुंदै अघि बढेको बमको भनाई रहेको छ ।त्यसका लागि विभिन्न निति नियम तथा कार्यविधि बनाएर अघि बढ्न शुरु गरेका छा्रैं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित