कर्मचारीले सरकार र जनता विचकाे पुलकाे भुमिका खेल्नु पर्छ-पचालझरना अध्यक्ष शाही

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाका अध्यक्ष देवराज शाही(अग्नि)ले गाउँ पालिकामा जनतालाई सेवा दिने कर्मचारी स्थानिय सरकार र जनता विचका पुलको भुमिका खेल्नु पर्ने बताएका छन , पचालझरना गाउँ पालिकामा संचालन गरिएको कर्मचारीहरुका लागि क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै अध्यक्ष शाहीले सो कुरा बताएका हुन ।

यस अघि जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि तालिम संचालन गरेको पचालझरना गाउँ पालिकाले आज देखि कर्मचारी क्षमता अभिबृद्धि तालिम शुरु गरेको छ । पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विकको अध्यक्षतामा शुरु भएको कार्यक्रममा गाउँ पालिका भित्रका वडा सचिव,सहयोगि तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको बताइएको छ ।

पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत विकका अनुसार यस चालु आर्थिक वर्षमा गरिने कामको बारेमा जानकारी र विगतमा गरेका कामको समिक्षा सहित थप व्यवस्थित गर्दै सेवा प्रवाहमा कानुनि प्रक्रिया र आवश्यक नयाँ निति नियमका बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताएका छन ।

उक्त तालिम ६ दिन अर्थात चैत्र १२ गते सम्म संचालन हुने सुचना प्रविधि अधिकृत प्रकाश कुमार कठायतले जानकारी दिएका छन । पचालझरना गाउँ पालिकामा पुराना तथा नयाँ कर्मचारीहरुको कार्यसम्पादनका बारेमा समेत छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित