तिलाकर्नालिमा इ-लाइवेरी संचालन गरिने

7
SHARES
15
VIEWS

कालीकोट । स्ववियु निर्वाचन पछि तिला कर्नालि बहुमुखि क्याम्पस ताडीको सपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न भएको छ ।

तिला कर्नालि बहुमुखि क्याम्पसमा आज भएको कार्यक्रम पछि बसेको बैठकले क्याम्पसमा इ लाइबेरी संचालन गर्ने निर्णय गरेको हो । स्ववियु सभापति हिक्मत सिंहको अध्यक्षतामा बसेको बैठकले अध्ययनका कार्यलाई व्यवस्थित बनाउनका लागि पाठ्यपुस्तकको उचित व्यवस्थापन गरेर इ लाइवेरी संचालन गर्ने भएको हो ।

त्यसै गरी बैठकले क्याम्पसमा कम्प्युटर शिक्षाका लागि ल्यावको व्यवस्थापन समेत गर्ने र विषयगत प्रध्यापकहरुको व्यवस्थापनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालयमा माग गर्ने समेत निणर्य भएको स्ववियु सभापति हिक्मत सिंहले बताएका छन । उनले क्याम्पसको विकास शिक्षामा गुणस्तर कायम गर्ने सबैको सहयोगको खांचो रहेको समेत बताए ।

आफुलाई क्याम्पसको स्तरउन्नतिका लागि रचनात्मक सुझाव दिन समेत आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित