रास्कोट नगर प्रमुख शाहीको शाहसले सफल भएको थियो जनचेतना क्याम्पस निर्वाचन

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगरपालिकाका नगर प्रमुख तथा जनचेतना बहुमुखि क्याम्पसका विद्यार्थि समेत रहेका धर्मराज शाहीले गरेको शाहसका कारण उक्त क्याम्पसको निर्वाचन सफल भएको बताइएको छ । पटक पटक भएको झडपका बाबजुद सान्नित्रिवेणि गाउँ पालिकामा रहेको जनचेतना बहुमुखि क्याम्पसको निर्वाचन सफल भएको छ ।

अखिल(क्रान्तिकारी) र नेविसंघको सयुक्त प्यानलका साझा उम्मेद्धार पार्वति संज्याल र अनेरास्ववियुका तर्फबाट उम्मेद्धार रहेका धर्म शाही विच भएको निर्वाचन मैदानमा अखिलका उम्मेद्धार शाहीले पक्षधरले फर्जि विद्यार्थि भर्ना गरेको भन्दै विरोध जनाएपछि झडप भएको थियो । जनचेतना बहुमुखि क्याम्पसमा निर्वाचनमा सफल भएपनि नेकपा(एमाले) र अनेरास्ववियुले विज्ञप्ति निकालेर विरोध जनाएका छन ।

नेकपा(एमाले)ले पार्टीका नेता तथा कार्यक्रता माथि आक्रमण भएको आरोप लगाएको छ भने निर्वाचनमा आफुहरुको सहभागिता नभएकोले अबैध भएको भन्दै आवश्यक छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको छ । सोही निवेदनका आधारमा जनचेतना बहुमुखि क्याम्पसका आवश्यक कागजजातहरु जिल्लामा ल्याउने निर्देशन समेत भएको बताइएको छ ।

सो निर्वाचनमा मतदानका लागि गएका रास्कोट नगरपालिका प्रमुखले जे जस्तो भएपनि अनेरास्ववियु पक्षधरहरु हारको मानसिक्तामा रहेकाले निर्वाचन असफल पार्ने सोच भएपनि आफुहरु मतदान गर्न पाउनु पर्छ भनेर लागि परेको र धांधलि गर्नेहरु माथि प्रशासन देखि सबैले साथ दिएर ठुलो घटना हुनबाट जोगिएको बताउदै विद्यार्थिको मतदान गर्न पाउने अधिकारबाट आफुहरु सफल भएको नगर प्रमुख शाहीको भनाई रहेको छ ।

नगर प्रमुख शाहीले मतदान गर्नु अगाडि क्याम्पसमा बसेको बैठकमा जायज मागको सम्बोधन गर्ने विषयमा अघि बढ्ने र निर्वाचनमा मतदान पनि शुरु गर्ने भनेपछि नमानेका कारण आफुले लेखामा टेबुल ठोक्न बाध्य भएको बताएका छन । उनले मतदानमा सबै भन्दा अघि मतदान गरेको बताइएको छ ।सो झडपमा सक्रिय रहेका पलांता गाउँ पालिका पूर्व अध्यक्ष लक्ष्मण बम लगाएतका व्यक्तिहरु सामान्य घाईते भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित