कालिकोट ।आज क्षयरोग दिवस मनाइएको छ। जिल्ला सदरमुकाम मान्म कालिकोटमा बजार परिक्रमा गर्दै कोण सभा गरेर सम्पन्न भएको कार्यक्रममा ” हो ! हामी क्षयरोग अन्त्य गर्दछौं” भन्ने मूल नाराका साथ बिश्व क्षयरोग दिवस मनाइएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोट,खाडाचक्र नगरपालिका र किड्स नेपालको संयुक्त आयोजनामा मनाईएको उक्त दिवसलाई स्वास्थ्य सेवा कार्यलय कालिकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक कटक महतले सम्बोधन गर्दै बिश्वबाट क्षयरोग अन्त्य भएको र नेपालमा पनि सबैले ध्यान पुर्याउनु पर्नेमा जोड दिएका छन ।हाल जिल्ला अस्पताल कालिकोटमा ५३ जना बिरामी रहेको जनाइएको छ ।
गएको वर्षको तुलना यस वर्ष घटेको जिल्ला स्वास्थ्य कार्यलय कालिकोटका निमित्त ब्यबस्थापक कटक महतले बताएका छ्न ।
Discussion about this post