कृषकको बारिमै पुगे पलाता अध्यक्ष रोकाया,मेहेल्ने,खिनलाई फलफूल पकेट क्षेत्र बानाइने

7
SHARES
15
VIEWS

कालिकोट ।पलाता गाउँ पालिकाको साबिकको खिनमा रहेको मेहेल्ने गाउंलाइ फलफुल पकेट क्षेत्र बनाइने भएको छ ।पलाता गाउँ पालिका वडा नम्बर ४,५ र६ नम्बर वडाका कृषकहरुले फलफुल खेति गरेकाले मेहेल्ने र खिनलाई पकेट क्षेत्रमा परिणत गरी उत्पादन भएको फलफुललाइ उचित ब्यबस्थापन गर्ने बताइएको छ ।बिगत ७ वर्ष अघि देखि स्याउ खेती गर्दै आएका मेहेल्नेका सोबन्न महताराले आफुले स्थानीय सरकार र ब्यक्तिगत रुपमा बिरुवा ल्याएर खेती गरेको स्याउ बिक्रि गर्ने ठाउँ तथा साधन नहुंदा कुहिएर खेर जाने गरेको बताए । उनले भने आफुले स्याउ,ओखर,चरी लगाएतका गरेर ७ सय बिरुवा लगाएको बताए ।आफू जस्तै कृषकले खिनमा मात्र ७ हजार स्याउका बिरुवा लगाएको महताराको भनाइ छ ।आफुले फलफूल खेतिका लागि तालिम नपाएको समेत बताए ।
पलाता ४ का पुर्ब वडा अध्यक्ष ऐनराज महताराले शुरुमा बिरुवा ल्याउन र लगानी गर्न आफुले पहल गरेको बताउदै स्याउ फारमका रुपमा पहल गर्न कृषकलाइ प्रोत्साहन गरेको बताए ।आफुले शुरूवातमा स्याउ लगाउनु पर्छ भन्ने सबैलाइ भन्दा नपत्याएको महताराको भनाइ रहेको छ ।

पलाता ४ का बर्तमान अध्यक्ष तिलक बुढाले आगामी वर्ष यहाँको स्याउअ लगाएतका फलफूलको ब्यबस्थापनमा जोड दिने बताए ।
मेहेल्ने लगाएत पलाताका उत्पादन हुने क्षेत्रका लागि चालू आर्थिक वर्षका लागि बजेट नभएका कार्यक्रम नभएको कृषि शाखा प्रमुख रुप बहादुर बमल बताए । उनले भने आगामी वर्ष पालिकाका सबै अगुवा कृषकलाइ भेला गरी कृषिमा गर्नु पर्ने कार्यक्रमका बारेमा छलफल गरेर सोही अनुसार कृषक मुखी कार्यक्रम तय गर्ने बताए ।
पलाता गाउँ पालिकाका अध्यक्ष बिष्णु बहादुर रोकायाले मेहेल्ने, खिन लगाएतका क्षेत्रमा फलफुल पकेट र थिर्पु लगाएतका क्षेत्रमा तरकारी पकेट क्षेत्रका लागि निर्धारण गरिने बताए ।खिन,धौलागोहको पुलांहका उत्पादन भएका स्याउको ब्यबस्थापन गरिने बताए । चालू वर्ष कृषि लगाएतका क्षेत्रमा ध्यान नपुगेपनी आगामी वर्ष त्यसो हुन नदिने अध्यक्ष रोकायाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित