पलांता पुगेर पुर्व साँसद बुढाले के भने ? (फाेटाे फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पुर्व राष्टिय सभाका सदस्य जिवन बुढा यति बेला पलांताका वस्तिमा जनताका गुनासा सुन्दै अघि बढेका छन । पूर्व जनमुक्ति सेना नेपालका डिभिजन सहकमाण्डरको भुमिका निर्वाह गरेका माओवादी नेता तथा पुर्व सांसद बुढाले पलांता गाउँ पालिकाको वडा न.४मा रहेको जनविचार आधारभुत विद्यालयको नतिजा सार्वजनिक तथा पुरुस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै थिर्पु,मेहेल्ने,छलाँह,डोरी,राडुनेटा,लार्फ, खाडा हुदै पलांता गाउँ पालिकाको वडा न.१ पुलांहका जनता संग भला कुसारी गर्दै अघि बढेको बताइएको छ ।

जनभेटघाट कार्यक्रममा जनताले आफुहरुलाई खानेपानि,विकास निर्माणका कामका लागि प्रदेश र संघ सरकारसंग समन्वय गरेर आवश्यक सहयोग गर्न अनुरोध गरेका छन । पलांता बासिले जहिले पनि जिल्लाका नजर पलांता प्रति बेग्लै रहेकाले आउने दिनमा त्यसो नभई भौगालिक विकटताको क्षेत्रलाई बजेट देखि हरेक कार्यमा पहिलो प्राथमिकता राख्न अनुरोध गरेका छ । पलांता ४का घोकर्न बुढाले आफुहरुले यहाँको विकासका लागि माथिल्लो निकाय प्रदेश र केन्द्रबाट उचित ध्यान नदिदा सम्म विकास नहुनु भएकाले उचित ध्यान दिई यहाँका समुदायको जिवन स्तर उकास्ने गरी कार्यक्रम ल्याउन अनुरोध गरे ।

त्यसै गरी छलाहँ कयरदेबका माघे विकले आफुहरुको घरमा सडक आएको तर स्तरउन्नति नभएकाले बांकी सडक विस्तारका लागि विशेष पहल गर्न अनुरोध गर्दै दलितहरुको जिवन स्तर उकास्न उचित ध्यान दिन आग्रह गरेका हुन । सो जनभेटघाट कार्यक्रममा नेता बुढाले पलाति जनताका समस्याहरुको समाधान पहिले पनि गरेको बांकी दिनमा समेत पलांता प्रति उचित ध्यान दिने बताए । आफुले पलांताका लागि जुम्ला जोड्ने सडक,भतेडा खानेपानि तथा सिचाई कुलो,कर्नालि नदिको कुइयापानिमा पक्किपुल,मुगु सडक निर्माण गर्ने र राष्ट्रिय प्रशारण लाइन पलांतामा पुगाउने काममा लागि पर्ने बताए ।

बुढाले भने स्थानिय सरकारबाट हुने कार्यक्रमलाई निरन्तरता दिदै प्रदेश र संघिय सरकारबाट हुने कार्यक्रमका बारेमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।पछिल्लो समय नेकपा(माओवादी केन्द्र)ले संचालन गरेको विकास र सम्बृद्धिका लागि पार्टी सुदृढिकरण अभियान अन्तरगत पलांता पुगेका नेता बुढा संगै पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकाया(इन्द्र),नेकपा(माओवादी केन्द्र) प्रदेश कमिटि सदस्य तथा पालिका इन्चार्ज मान बहादुर भण्डारी(बासिन्दा) लगाएतका नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको सहकर्मि धन बहादुर शार्किीले बताए । शार्किका अनुसार पलांता ४ नम्बर वडाको जनविचार आधारभुत विद्यालय मेहेल्नेको नतिजा सार्वजनिक तथा पुरुस्कार वितरण कार्यक्रममा सहभागि नेताहरुले शिक्षामा राजनिति नगर्न आग्रह गर्दै बालबालिकाको भविष्यका बारेमा चिन्तित भएर लाग्न अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित