पुर्बाग्राही र रिसरागका कुम्ला बोक्ने पत्रकार हुन सक्दैन-जिल्ला बार अध्यक्ष शाही

7
SHARES
15
VIEWS

कालिकोट ।जिल्ला बार इकाइ कालिकोटका अध्यक्ष अम्मलराज शाहीले रिसराग र पुर्बाग्राहीका कुम्ला बोक्ने कोहि पनि पत्रकार हुन नसक्ने बताएका छ्न ।

नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरी पछिको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले नेपालमा लोकतन्त्र बलियो नभएकोले यसका लागि सबैले वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई आत्मसात गर्दै समाज परिवर्तनमा संचारकर्मी र पत्रकारले सहि ढंगले लाग्नु पर्ने बताएका छ्न ।

शाहीले अगाडि भने न्यायलयमा सहि न्याय सम्पादन हुनु पर्ने र कुनै पनि वकिलले पैसाका कुम्ला बोक्छ भने त्यो बिचौलिया भएको समेत बताए । नागरिकको स्वतन्त्रताको ग्यारेन्टी गर्दै सबै क्षेत्रमा अब्बल भुमिका निर्बाह हुनु पर्नेमा जोड दिएका छ्न ।

नेपाल पत्रकार महासंघ कालिकोटले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिती कालिकोटका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यतामा भएको हो ।सो उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्नाली प्रदेश अध्यक्ष देबिराम देबकोटा,राजनीतिक दलका प्रमुखहरुले शुभकामना मन्तब्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित