पत्रकार महासंघ परिवर्तनको बाहक हो -प्रदेश अध्यक्ष देबकोटा

7
SHARES
15
VIEWS

कालिकोट । नेपाल पत्रकार महासंघ कर्नाली प्रदेश अध्यक्ष देबिराम देबकोटाले पत्रकार महासंघ नेपालमा परिवर्तन बाहक भएको बताएका छ्न ।

पत्रकार महासंघको ६८ औं स्थापना दिवशको अबसरमा आयोजित प्रभात फेरी पछिको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष देबकोटाले सो कुरा बताएका हुन ।अध्यक्ष देबकोटाले कालिकोटमा कर्नाली प्रदेशको साधारणसभा कालिकोटको सुनथराली विमान स्थलमा आयोजना भएकाले सबैले साथ दिन अनुरोध गरेका छ्न ।

नेपालमा १३ हजार श्रमजिबि पत्रकारहरु संगठित भएको साझा संगठन महासंघ भएकाले लोकतन्त्र,संघीयता स्थापनामा यसले महत्त्वपूर्ण भुमिका निर्बाह  गरेको अध्यक्ष देबकोटाले बताए । अध्यक्ष देबकोटाले पत्रकार महासंघले सकारात्मक र नकारात्मक काममा सबैलाइ झकझक्याएको बताएका छन ।नेपालमा आर्थिक संकटको बेला सबैले सहि ढंगले अघि बढ्नु पर्ने  बताउदै समाज बिकाशमा सबैको सहकार्य जरुरी भएको बताएका छन ।

नेपाल पत्रकार महासंघ २०५२ साल चैत १६ गते स्थापना भएको हो उक्त अवसरमा आज नेपालभर बिचार गोष्ठी,प्रभातफेरी,अन्तरक्रिया लगाएतका कार्यक्रम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित