पत्रकारले खरो बिरोध र सहयोग दुबै जरुरी छ-समन्वय प्रमुख शाही

7
SHARES
15
VIEWS

कालिकोट ।जिल्ला समन्वय समिती कालिकोटका प्रमुख धनजित शाहीले समाजको समग्र बिकाशका लागि  पत्रकारले गलत क्रियाकलापको खरो बिरोध र सकारात्मक कामको खरो रुपले समर्थन जरुरी भएको बताएका छ्न ।नेपाल पत्रकार महासंघको ६८ औं स्थापनाको अवसरमा आयोजित  अन्तरक्रिया कार्यक्रममा अध्यक्ष शाहीले सो कुरा बताएका हुन ।

हामी सबै समाजको समृद्धिका लागि अघि बढ्ने भएकाले स्थानीय सरकार,नागरिक समाज,राजनीतिक दलका साथै जिल्लालाइ समग्र क्षेत्रमा कालिकोटलाइ स्थापित गर्न महासंघले विशेष पहल गर्नु पर्ने समन्वय प्रमुख शाहीले आग्रह गरेका छ्न ।सो कार्यक्रममा राजनीतिक दल,कार्यलय प्रमुखहरुले ६८ औं स्थापना दिवसको अवसरमा शुभकामना दिएका छ्न ।

नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिस्टले पत्रकार महासंघको ६८ औं स्थापनाका अवसरमा सहभागी सबैलाइ धन्यवाद दिदै कालिकोटका १०५ जना पत्रकारहरुको हकहितका लागि पत्रकार महासंघ अघि बढ्ने बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित