रास्कोटमा ओखर खेति सम्बन्धि सहकारी सदस्यहरुलाई तालिम

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि सहकारीका सदस्यहरुलाई सिप विकास तालिम संचालन गरिएको छ । रास्कोट नगरपालिकाका कृषक सदस्यहरुलाई ओखर सम्बन्धि तालिम संचालन गरिएको छ । कृषि विकास शाखाका प्रमुख धिरेन्द्र न्यौपाने र अगुवा कृषक पुष्पराज बरालको सहजिकरणमा तालिम शुरु गरिएको हो ।

हिमचुलि सहकारी संस्थाको रास्कोट सेवा कार्यालयको आयोजनामा शुरु भएको ओखर खेति सम्बन्धि तालिममा ३० जना कृषक सदस्यहरुको सहभागिता रहेको रास्कोट सेवा कार्यालय व्यवस्थापक गोर्ख महताराले बताए । उनका अनुसार चैत्र १८ गते सदस्यहरु संग अन्तरक्रिया कार्यक्रम समेत संचालन गरिने बताए ।

जिल्लाभर २ हजार सदस्यहरुलाई सिप विकास तालिम दिने कार्यक्रम अनुसार रास्कोटमा सिप विकास तालिम शुरु गरिएको तालिम विभाग प्रमुख कृष्ण प्रसाद बरालले बताएका छन । उनका अनुसार यस अघि वित्तिय साक्षरताका साथै अन्तरक्रिया कार्यक्रम गरेको र आगामि दिनमा जिल्लाका अन्य ९ वटै सेवा कार्यालयमा तालिम संचालन गरिने बताएका छन । हिमचुलि कृषि सहकारी संस्थाका जिल्लाभर १० वटा सेवा कार्यालय,१४ हजार २८९ जना शेयर सदस्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित