साढे तीन सय हात्ती मृत भेटिए

7
SHARES
15
VIEWS

काठमाडौं,असार । दक्षिणी अफ्रिकी मुुलुक बोत्सवानामा तीन सय ५० हात्ती मृत भेटिएका छन्। गएको दुई महीनामा मात्रै यति ठूलो संख्यामा मृत हात्ती फेला परेका छन।

मे महीना यता मात्रै यी हात्तीहरु मरेको डा.नियाल म्याकनले जनाएका छन्। तर, यी हात्तीहरु कसरी मरे भन्ने खुल्न सकेको छैन। बोत्सवाना सरकारले मृत हात्तीको ल्याब परीक्षणको प्रक्रिया अगाडि बढाए पनि नतिजा आउन बाँकी छ। बोत्सवाना अफ्रिकीकै तेस्रो धेरै हात्ती रहेको मुलुक हो। तर, लगातार यहाँ हात्तीको संख्या घट्दै गएको छ।

स्थानीय आरक्षलाई हात्ती मरेको जानकारी पहिले नै गराइएको थियो। यसपछि तीन घण्टाको उडानका क्रममा १६९ हात्ती मरेको अनुमान गरिएको थियो। केही महीना पछाडिको अनुसन्धानले त्यहाँ ३५० हात्ती मरेको खुलेको छ।

एकै पटक यति धेरै संख्यामा हात्ती मर्नुलाई निकै महत्वका साथ हेरिएको डा.म्याकनले जनाएका छन्।

बोत्सवाना सरकारले शिकारीले मारेको अथवा कुनै रोगले मरेको भन्ने खुलाउन सकेको छैन। गत वर्ष पनि एक सय हात्ती मृत भेटिएका थिए।

#बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित