कर्नालि प्रदेशमा साढे ९७ प्रतिशत विश्वासको मत राजकुमारलाई

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि राजकुमार शर्मा(आर्ट)ले दोस्रो पटक ९७ दशमलव ४३ प्रतिशत विश्वासको मत प्राप्त गरेका छन ।

आज भएको कर्नालि प्रदेश सभाका कुल ४० जना सांसद मध्ये एक जना राप्रपाका सांसद बाहेक सबै सांसदले मतदान गरेका छन । मुख्यमन्त्रि राजकुमार शर्माले ३९ जना सांसदले मत दिनु पर्नेमा सो मध्ये सभामुख बाहेक सबै सांसदले मतदान गरेर सर्वसम्मत पुन मुख्यमन्त्रिमा कायम रहेका छन । उनलाइँ यस पटक विगतको तुलनामा बहुमत पुगाउनकै लागि हुने आर्थिक चलखेल,पार्टीको ह्विप देखि फ्लोर क्रस सम्मको व्यथा भने आएन ।

मुख्यमन्त्रि शर्मालाई आगामि दिनमा काम गर्न भने सहज हुने देखिएको छ । पछिल्लो समयमा राजकुमार शर्माले सबै राजनितिक दलहरु संगको सहकार्य समन्वयमा सम्बन्ध सुदृढ गरेकै कारण विश्वासको मत पनि ९७ प्रतिशत माथि आएको बताइएको छ । आज दोस्रो पटक विश्वासको मत प्राप्त पछि प्रतिक्रिया दिदै कर्नालि बनाउने अभियानका लागि सबै राजनितिक दलहरु एक ठाउँमा आउनुको विकल्प नरहेको बताउदै आगामि दिनमा समेत यस किसिमको सहकार्य जारी रहने बताए ।

मुख्यमन्त्रि शर्माको सचिवालयका अनुसार विगतमा हुने गठबन्धन तथा सहकार्यका लागि आ आफ्नो स्वार्थ भएपनि यस पटक सफल नेतृत्व भएकै कारण सबैको विश्वास बढ्न थालेको बताएको छ । यस कार्यले कर्नालि प्रदेशको सुखारी कर्नालि बासिको नारालाई आत्मसाथ गर्दै अघि बढ्नेमा शुभ संकत देखिएको विश्लेषण हुन थालेको छ ।

यस अघि नेपालि कांग्रेस र एकिकृत समाजवादीले मतदानमा भाग लिएका थिएनन भने यस पटक सबैले मतदान गरेका छन । नेकपा(एमाले)ले भने केन्द्रिय सरकारबाट बाहिरिए पनि प्रदेश सरकारमा रहिरहने निर्णयले नेपालि कांग्रेस भने झस्किएको छ । नेपालि कांग्रेसले प्रदेश सरकारमा जाने बारेमा भने केही प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित