देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको शुरुवाति संगै संस्थागत गर्न स्थानिय तह देखि संघिय सरकार लागि परेको पाइन्छ । दोस्रो स्थानिय तहको निर्वाचन ताका जनतामा विकास र सम्बृद्धिका लागि विभिन्न किसिमका आश्वसन तथा प्रतिवद्धताहरु गरिएका थिए ।विगतको पहिलो कार्यकालका जनप्रतिनिधिहरु भन्दा भिन्न कसरी हुने र जनतालाई स्थानिय सरकारको प्रत्याभुति कसरी दिने भन्ने अहिले बहसको विषय बनेको छ । रोग,भोक र खडेरीले पछि परेको भौगोलिक रुपमा समेत विकट मानिएको पलांता गाउँ पालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पहिलो वर्षमा गरेका काम र आगामि वर्षमा गर्ने कामका बारेमा के कस्तो योजना बनाएका छन भन्ने बारेमा पलांता सरकारका प्रमुख एवंम नेकपा(माओवादी केन्द्र)का नेता विष्णु बहादुर रोकाया(इन्द्र) संग कर्नालि संचारका सम्पादक रुपेन्द्र ऐडीले गरेको संक्षिप्त कुराकानि :
सर्वप्रथम यहाँलाई हार्दिक स्वागत छ ।
धन्यवाद
तपाई निर्वाचित भइसकेपछि पलांता गाउँ पालिकाको सम्बृद्धिका लागि के के गर्नु भयो र आगामि वर्ष कसरी जाने सोच्नु भएको छ ?
सर्वप्रथम त मलाई व्यापक चुनौतिका बावजुद विजयि गराउने पलांता बासि आमा,बुवा,दाजुभाई तथा दिदीवहिनिहरुमा हार्दिक आभार सहित धन्यवाद प्रकट गर्न चाहान्छु ।मैले निर्वाचित भएपछि पहिलो वर्षमा पुराना कामको निरन्तरता दिएको छ । विगतका विकास निर्माणका कामको अस्तव्यस्ततलाई व्यवस्थित गर्दै निति,विधि सम्बत काम गर्न प्रक्रियाको थालनि गरेका छाैँ । शुरुवातिको चरणमा पलांता गाउँ पालिकाको सडक,विद्युत,खानेपानि,कृषि,शिक्षा र स्वस्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेका छौं भने आगामि वर्ष पलांताको सम्बृद्धिका लागि ५ वर्षे गुरु योजना(रणनिति) तयार गरेर सोही अनुसार अघि बढ्ने तयारीमा रहेका छौं ।
हामीले सामाजिक संजाल मार्फत लोकप्रिय हुनु परेको छैन । जनताको मनभित्र रहनु ठुलो कुरा हो ।अहिले जनताका सबै आवश्यक्ता पुरा गर्न नसकौला तर क्रमस ति आवश्यक्ता पुरा गर्ने हो ।त्यसका लागि योजना बनाउनु र ति योजनालाई कार्यन्वयन गर्न दक्ष जनशक्तिका साथै समुदायको साथ चाहिन्छ । मलाई लाग्छ पलांताका लागि यि ५ वर्ष परिणामुखि काम नतिजा मुखि प्रतिफल प्राप्त हुने छ ।
खासगरी पलांता गाउँ पालिकाको अवस्थालाई मध्यनजर गर्दै समुदायको जिवन स्तर उकास्नका लागि विभिन्न निकायहरु संगको सहकार्य समन्वय र सल्लाह सुझावलाई आत्मसाथ गर्दै आगामि ५ वर्ष जनतामा स्थानिय सरकारको महसुस गराउने छौं ।प्रत्येक टोल टोलमा सडक विस्तार गर्ने र पलांता हराभरा बनाउनु पर्ने पहिलो प्राथमिकतामा राखेका छौं ।समुदायलाई सुचना संचारको अभावमा कठिनाई आएको थियो त्यसको बारेमा हल भएको छ । यहाँका समुदायहरुले दिउसो मात्र डाँडाकांडामा गएर फोन गर्नु पर्ने बाध्यता हटेको छ । बाहिरबाट आउने जो कोही पलांता आउदा अर्कै दुनियमा आएको महसुस गर्थे त्यो समस्या हटेको छ ।अहिले घरभित्र जति बेला पनि फोन गर्न पाएका छन । फोरजि देखि एनसिएलको टावर समेत सुचारु भएको छ ।
चालु आर्थिक वर्षका योजनाहरु कतिको गुणस्तर नभएर अधुरै रहने अनि अषारे चटारो त हुन्न ?
हैन पलांतामा कामको गुणस्तर कायम गर्न निरन्तर रुपमा लागि परेका छौं ।विगतका वर्षहरु झै चालु आर्थिक वर्षमा समयमै काम सम्पन्न हुने र समुदायले त्यसका भुक्तानि पाउने भएका छन । कामको महत्वबोध समुदायमा भएको छ । आफ्नो कामको आफै गुणस्तर कायम गर्नु पर्छ भन्ने भावना विकास नहुंदा सम्म अरुबाट हुने गुणस्तरका कुराको अर्थ हुन्न र समुदाय तथा उपभोक्ताले मनै देखि काममा गुणस्तर कायम गर्न जोड दिने र त्यस पछि प्राविधिक क्षेत्रबाट ध्यान दिने हो भने गुणस्तरको सम्भावना व्यापक हुन्छ । कामको रफ्तार अघि बढेको छ । अहिले (चैत्र मसान्त)सम्म हाम्रा विकास निर्माणका कामहरुको ८० प्रतिशत सम्पन्न भएका छन ।पलांतामा यस वर्ष कुनै पनि विकास निर्माणका कामहरु अधुरो रहेर रकम फिर्ता जाने अवस्था छैनौ ।
हामीले पलांतामा हराभरा गर्न भतेडा सिंचाई कुलो,थला तलसेरी खानेपानिको काम शुरु भएको छ भने पलांतामा स्वरोजगार कायम गर्न विभिन्न किसिमका तालिमहरु संचालन गरेका छौं । त्यस मध्ये वडा न.६को खिनमा हाते बुनाई र वडा न.१पुलाँहमा पुख्र्याैलि पेशा कपास खेति गरे ठेटुवा(कपडा) उत्पादनमा जोड दिएका छौं । जहाँका समुदायलाई आत्मनिर्भर बन्न र पुर्खाको पेशालाई पुन स्थापित गरेर कालीकोट जिल्लाकै नयाँ र नमुना काम हुनेमा विश्वास लिएका छौं । पलांताका संस्कृति कला संरक्षणका लागि रचनात्मक कामहरुको शुरुवाति गरेका छौं ।
पलांतामा मुख्य मुख्य चुनौतिहरु के के हुन ?
चुनौति नहुंदा सम्म काम पनि गर्न सकिन्न ।जहाँ चुनौति हुन्छन त्यहाँ काम गर्नका लागि निकै सहज हुन्छ । चुनौति दुई किसिमका हुन्छन । आफसे आफ उव्जिएको र आफैले ढंग नजानेर आएको ?त्यस मध्ये पलांतामा चुनौतिको हकमा प्रकृतिले ठगेको भौगोलिक विकटताको समस्या रहेको छ ।कालीकोट जिल्लाको सबै भन्दा टाढाको विकट र ठगिएको पलांता गाउँ पालिका हो ।आकाशे पानिको भरमा खेति हुन्छ । यहाँको समग्र विकासका लागि यसले हामीलाई समस्या सृजना गरेको छ ।
आफ्नो कामको आफै गुणस्तर कायम गर्नु पर्छ भन्ने भावना विकास नहुंदा सम्म अरुबाट हुने गुणस्तरका कुराको अर्थ हुन्न र समुदाय तथा उपभोक्ताले मनै देखि काममा गुणस्तर कायम गर्न जोड दिने र त्यस पछि प्राविधिक क्षेत्रबाट ध्यान दिने हो भने गुणस्तरको सम्भावना व्यापक हुन्छ । कामको रफ्तार अघि बढेको छ । अहिले (चैत्र मसान्त)सम्म हाम्रा विकास निर्माणका कामहरुको ८० प्रतिशत सम्पन्न भएका छन ।
जनताका आवश्यक्ता बढि हुने र राज्यको श्रोत साधन कम हुने हुंदा त्यसलाई परिचालनमा हामी कहाँ चुनौति रहेका छन । तै पनि हामीले यहि भुगोलमा यहाँका सिमित श्रोत र साधनलाई उचित प्रयोग गरेर अघि बढ्नु नै आजको आवश्यक्ता हो । हामीले विभिन्न निकायहरुको सहयोग मार्फत भएको श्रोत साधनलाई ठिक ढंगले परिचालन गरेर अघि बढेका छौं । चुनौतिका सामाना गर्दै हामीले पलांता सम्बृद्धि बनाउने हो । चुनौति हामीले सृजना गर्ने छैनौ । समुदाय,भुगोल तल माथि यि यावत समस्याका लागि सचेत नागरिकहरुबाट सुझाव सल्लाहका साथ अघि बढ्ने हो । विगतका जस्तो समुदाय स्तरमा अन्तरविरोध ल्याउने र फुटाउने प्रक्रियाका अन्त गरिने छ ।स्थानिय सरकार संग भएको साधनको उचित परिचालन गर्दै आवश्यक परेमा प्रदेश तथा संघिय सरकारको सहयोग मार्फत समुदायहरुको हितमा काम गर्ने छौं ।
तपाईले अस्तव्यस्तका कुरा ल्याउनु भयो । व्यवस्थित गरेर अघि बढ्ने के योजना बनाउनु भएको छ त ?
हामीले विगतको अवस्थालाई केलाएर त्यसलाई प्रक्रियागत ढंगले अघि बढ्न खोजेको हो । विगतको स्थानिय सरकारले नगरेको भन्ने हैन । रचनात्मक काम गरेको छ तर अस्तव्यस्त तरिकाले मात्र अघि बढेका हामीले पायौं ।ऐन,नियम,निति, विधिहरु पाइनन ।गाउँ पालिकाको प्रोपाइल छैन ।ति सबै तयारी गरेर केही कार्यविधि तयार गरेका छौं भने केही तयारी हुंदैछन । पलांता गाउँ पालिको वास्तु मान चित्र,५ वर्षे गुरु योजना निर्माण गरेर अघि बढेका छौं । वेराजगारलाई राजेगारी दिन विभिन्न किसिमका कार्यक्रम अघि बढाएका छौं ।पलांता गाउँ पालिका अस्तव्यस्त हैन की विधि सम्बत ढंगले अघि बढ्ने छ । जहाँका समस्या निति विधिको अभावमा नहुने अवस्थाबाट माथि उठ्ने छौं ।
पलांता सम्बृद्धिका आधारहरु के के हुन र कसरी अवलम्बन गर्नु भएको छ ?
सबै भन्दा पहिलो आधार भनेको हामीमा इच्छा शक्ति हुनु पर्छ । भएको श्रोत साधनबाट पनि केही फरक पहिचान सहित काममा गुणस्तर ल्याउन सकिन्छ । हामीमा पलांताको सम्बृद्धि गर्न हुटहुटी छ । त्यसका लागि यतिका चुनौतिका विचबाट हामीलाई समुदायले पत्याएर र जिम्मेवारीमा पुगाएका छन । कुनै खालको स्वार्थ हामीमा छैन । स्वार्थ छ त केवल पलाति जनताको विकास र सम्बृद्धि कसरी ल्याउने भन्ने हो । हामीले सामाजिक संजाल मार्फत लोकप्रिय हुनु परेको छैन । जनताको मनभित्र रहनु ठुलो कुरा हो ।अहिले जनताका सबै आवश्यक्ता पुरा गर्न नसकौला तर क्रमस ति आवश्यक्ता पुरा गर्ने हो ।त्यसका लागि योजना बनाउनु र ति योजनालाई कार्यन्वयन गर्न दक्ष जनशक्तिका साथै समुदायको साथ चाहिन्छ । मलाई लाग्छ पलांताका लागि यि ५ वर्ष परिणामुखि काम नतिजा मुखि प्रतिफल प्राप्त हुने छ ।समुदायले पनि भिन्न पहिचान सहित प्रत्याभुत गराउने गरी काम गर्ने हो ।
तपसिल अनुसारका आधार छन ।
१.नेतृत्व स्तरमा इच्छाशक्ति हुनु ।
२.निति विधि सम्बत कामकार्वाही अघि बढ्नु
३.समुदायले स्थानिय सरकारलाई उचित किसिमको रचनात्मक सहयोग गर्नु
४.प्रदेश र संघिय सरकारले भौगोलिक विकटतालाई आधार मानेर उचित वजेटको व्यवस्थापन गर्नु ।
५.विकास निर्माणका काममा आवश्यक्ताका आधारमा छनोट र कार्यन्वयन गर्दै व्यापक जनसहभागिताका साथ विवादरहित उचित समयमा सम्पन्न गर्नु ।
६.विगतका तिता अनुभवबाट पाठ सिक्दै अघि बढ्नु ।
७.स्थानिय सबै पार्टीहरुका साथै सरोकारवाला निकाय संग सहकार्य समन्वय गरेर पलांता सम्बृद्धिमा ऐक्यवद्धता कायम गराउनु ।
८.स्थानिय सरकारका जनप्रतिनिधि, कर्मचारीहरुमा क्षमतामा अभिबृद्धिका साथ कानुनको पालना गर्दै परिणाम मुखि नतिजा कायम गर्ने
त्यस मध्ये वडा न.६को खिनमा हाते बुनाई र वडा न.१पुलाँहमा पुख्र्याैलि पेशा कपास खेति गरे ठेटुवा(कपडा) उत्पादनमा जोड दिएका छौं । जहाँका समुदायलाई आत्मनिर्भर बन्न र पुर्खाको पेशालाई पुन स्थापित गरेर कालीकोट जिल्लाकै नयाँ र नमुना काम हुनेमा विश्वास लिएका छौं । पलांताका संस्कृति कला संरक्षणका लागि रचनात्मक कामहरुको शुरुवाति गरेका छौं ।
अन्तमा केही भन्नु छ कि ?
पलांति जनताको आशा भरोशालाई आत्मसाथ गर्दै पहिलो वर्षमै सबै कामहरु चाहेर पनि गर्ने अवस्थामा हामी छैनौ । क्रमस जनताका समस्यालाई मध्यनजर गर्दै अघि बढ्ने हो । हामी यहाँका नागरिक पनि हौ जिम्मेवारी पनि हौं । हरेक संघर्षबाट आएका हामीमा व्यक्तिगत स्वार्थ कुनै पनि छैन । जनताको स्वार्थका लागि जिवन अघि बढाएका छौं । आउने दिनमा अपेक्षाहरु पुरा गर्न लागि पर्ने विश्वास व्यक्त गर्दछु ।
(पलाँता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर राेकाया सगकाे पलाँतामा लिएकाे अन्तरवार्ता)
Discussion about this post