हिमचुलि सहकारी द्धारा खांडाचक्रमा बाख्रा पालन तालिम

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि कृषि सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई व्यवसायि बाख्रा पालन तालिम दिन शुरु गरेको छ । संस्थाको खांडाचक्र सेवा कार्यालय कार्यक्षेत्र भित्रका ३३ जना व्यवसायि रुपमा बाख्रा पालन गर्दै आएका कृषकहरुलाई सिप मुलक तालिम संचालन गरेको हो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटका प्रमुख लक्ष्मि प्रसाद अधिकारीको सहजिकरणमा तालिम शुरुवात गरिएको जनाइएको छ । संस्थाले खांडाचक्र नगरपालिकाको वडा न.१ देखि ४ र ११ गरेर ५ वटा वडाका कृषक सदस्यहरुलाई तालिम संचालन गरेको सेवा कार्यालय व्यवस्थापक जमुना आचार्यले बताइन । उनका अनुसार संस्थाका तालिम विभाग संयोजक सरोज बोगटीको उपस्थितिमा भएको तालिममा संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले समेत संस्थागत विषयमा सहजिकरण गर्ने बताइएको छ ।

हिमचुलि कृषि सहकारी संस्थाले यस अघि सान्नित्रिवेणि,रास्कोट नगरपालिकामा रहेको सेवा कार्यालयले तालिम तथा अन्तरक्रिया कार्यक्रम गरेको बताइएको छ । जिल्लाका अन्य सेवा कायँलयमा समेत तालिम संचालन गरिने तालिम विभाग प्रमुख कृष्ण प्रसाद बरालले बताएका छन ।

हाल सहकारी संस्थाका जिल्लाभर १० वटा सेवा कार्यालयका साथै १४हजार ४ सय सदस्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित