Skip

News Portal

  • सुनथरालिमा पत्रकार महासंघ कर्नालिको साधारणसभा शुरु

    कर्नालीसंचार संवाददाता२१ चैत्र
    २२१ पटक
    २१ चैत्र

    कालिकोट। नेपाल पत्रकार महासंघ कर्नाली प्रदेशको साधारणसभा कालिकोटको सुनथराली बिमानस्थलमा शुरु भएको छ ।

    साधारणसभामा सुचना तथा संचारमन्त्री रेखा शर्मा लगाएतका नेताहरुको उपस्थितिमा हुने भनेपनी कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा उद्घाटन भएको छ ।

    नेपाल पत्रकार महासंघ कर्नाली प्रदेशका अध्यक्ष देबिराम देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कर्नाली प्रदेशका सांसद दुर्ग बहादुर रावत,हिक्मत बहादुर बिस्ट,कर्नाली प्रदेशका उपसभामुख यसोदा न्यौपाने,प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिश्णु साप्कोटा,राससका अध्यक्ष धर्मेन्द्र झा लगाएत विभिन्न प्रेस संगठनहरुका प्रमुखहरुको उपस्थिति रहेको बताएको छ ।

    उक्त साधारणसभा दुई दिन सम्म संचालन हुने आयोजकले जनाएको छ ।आयोजकका अनुसार पत्रकार महासंघले सुनथराली विमान स्थलको सुचारु र अन्य बिकाशका लागि साधारणसभा आयोजना गरेको हो ।

    सो कार्यक्रमले कालिकोट जिल्लाका लागि नयाँ आयम थप्ने जनाइएको छ ।साधारणसभामा कर्नाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले समेत समय अभावका कारण शुभकामना सन्देश दिए भने संचारमन्त्री रेखा शर्माले समेत समय अभावमा उपस्थिति नभएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्