दुई वर्ष सम्म नबनेको सिचाई कुलो समुदायले श्रमदान गर्दै

7
SHARES
15
VIEWS

कालिकोट । दुई वर्ष अघि सडक निर्माण गर्दा क्षेती पुगाएको पचालझरनाको सिचाइ कुलोमा सरोकारवालाको ध्यान नपुगेपछी समुदायले जनश्रमदान मार्फत काम शुरु गरिएको छ ।

अघिल्लो वर्ष हुलागी राजमार्गको काम गर्दा पचालझरना गाउं पालिकाको वडा न ९ मा रहेको सिचाइ कुलाे २ बर्ष सम्म कुनै पनि निकायबाट बेवास्था भएपछि बाध्य भएर काम गर्न थालेको बताइएको छ ।

स्थानिय मीन बहादुर शाहीका अनुसार धान खेतिका लागि बीउ राख्ने समय भएको र कुलो बन्ने सम्भावना नभएकाले बाध्य भएर कुलो बनाउन लागेको बताएका छ्न ।त्यसै गरी कृषक धनी तिरुवाले गहभरी आँसु झर्दै धान पाक्ने खेतमा मकै लगाएर पानी नहुंदा बांझो रहेको स्मरण गर्दै गाउंलेहरुको सल्लाहमा कुलो बनाउन लागेको बताइन ।उनले आफुहरुले छानेका नेताको भरमा परेर दुई वर्ष बित्यो अब त नहुने होकि भनेर आफै बनाउन लागेको तिरुवाले बताइन ।

एक सय ५० घरधुरीको उत्पादन हुने  खेतियाेग्य जमिन धान खेति नगरेकाे २ बर्ष भएको र स्थानीय सरकार संग प्राप्त बजेट नहुने अन्य निकायले ध्यान नदिएको पचालझरना ९ का वडाअध्यक्ष ललितजंग शाहिले बताए ।

अध्यक्ष शाहीले भने प्रदेश सरकारले हेरेन रास्काेट नगरपालिका र पचालझरनाले समेत ध्यान नपुग्दा स्थानीयले तीन दिन सम्म श्रमदान गरेर जेनतेन कुलो  बनाउने बताए । पहिलो दिन एक सय ५० जनाले श्रमदान गरेको बताएको छ।वडा अध्यक्ष ललितजंग शाहीको प्रत्यक्ष सहभागितामा उक्त सिचाइ कुलोको जनश्रमदान शुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित