पलाता अस्पतालको जमिन ब्यक्तिको नाममा

7
SHARES
15
VIEWS

कालिकोट ।पलाता अस्पताल ब्यक्तिको नाममा रहेको पाइएको छ ।जिल्लाको दुर्गम तथा बिकट क्षेत्रको १० सैयाको अस्पताल संचालनमा आएको साढे २ वर्ष सम्म ब्यक्तिगत नाममा जमिन रहेको र त्यही स्थानमा संरचना बनेको पाइएको हो ।

पलाता गाउँ पालिकाले जग्गाको बारेमा गरेको सोधखोजका क्रममा स्थानीय चक्र बमको नाममा रहेको पाइएको हो ।पलाता गाउँ पालिका अध्यक्ष बिष्णु बहादुर रोकायाका अनुसार भौतिक संरचना निर्माणका लागि जिल्ला नापी कार्यलयबाट आएको अमिन सहितको टोलिले हेर्दा अहिले बनेको भवन भन्दा तल्लो क्षेत्रको जग्गा नाममा रहेको तर अस्पताल रहेको जग्गा पलाता ९ थिर्पुका चक्र बमको नाममा रहेको पाइएको बताए ।उनले भने अस्पताल बनाउदा के कसरी बनाइएको हो भन्ने बारेमा आफू अनबिज्ञ रहेको बताएका छ्न ।

अस्पताल जस्तो क्षेत्रको भौतिक संरचना निर्माण गर्दा ब्यक्तिको नाममा रहेको जग्गामा कसरी बनाइएको हो भन्ने बारेमा प्रश्न गर्दै अध्यक्ष रोकायाले अस्पताल ब्यबस्थापन समितिलाइ  जग्गा ब्यबस्थापन गर्ने निर्देशन दिएको बताए ।

पलाता अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ९ का वडा अध्यक्ष मानसिंह बमले अपुग जग्गाको लागि स्थानीय समुदाय जग्गा दिन तयार रहेको र भोलि(आइतबार)नै प्रक्रियामा अघि बढ्ने बताएका छ्न ।

पलाता अस्पतालको जग्गाका बारेमा स्थानिय जग्गादाता चक्र बमले आफुले आबस्यक पर्ने २ हजार २ सय क्षेत्रफल जग्गा नाममा दिएको र आबस्यक पर्ने जग्गाका लागि आइतबार नापी मालपोत कार्यलयमा गएर अस्पताललाई उपलब्ध गराउने बताएका छन ।

जिल्ला नापी कार्यलय कालिकोट रामचन्द अधिकारीले पहिले स्थलगत रुपमा अनुगमनको कमि रहेको हुन सक्ने बताए ।उनले भने अस्पतालको नाममा जग्गा रहेको तर सो स्थानमा भौतिक संरचना नबनाएको बताएका छन।अब अस्पतालको नाममा अपुग जग्गा उपलब्ध गराउन स्थानीय तयार रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित