पलातामा कर्नालि “कचहरी”

7
SHARES
15
VIEWS

कालिकोट ।पलाँता गाउँपालिका समावेशी तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सम्बन्धी १ दिने कर्णाली कचहरी कार्यक्रम सम्पन्न भएको छ । पलाँता गाउँपालिकाको शिक्षा र स्वास्थ्यको अवस्थाका बारेमा छलफल गर्ने उद्देश्यले २०७९ चैत ३० गतेका दिन किर्डाक नेपालद्धारा संचालन गरिएको कार्यक्रममा मिसन इष्टको प्राविधिक सहयोग र डेनिस रेडियोको आर्थिक सहयोग रहेको थियो भने पलाँता गाउँपालिका, कालीकोटले समन्वय गरेको थियो । पलाँता गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्मसिंह बमको अध्यक्षता संचालन भएको कार्यक्रमको प्रमुख अतिथी पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशी रहेकी थिन् । कर्यक्रममा पलाँता गाउँपालिकाका जनप्रतिनिधी, शिक्षाशाखा र स्वास्थ्यशाखा प्रमुख, महिला समुहका सदस्य, बालबालिकाहरु लगायत १९ जनाको सहभागिता रहेको थियो । किर्डाक नेपालका जिजिकोपार्जन अधिकृत आदर्श चापागाँईले संचालन गरेको कार्यक्रममा किर्डाक नेपाल पलाँताका प्रमुख पदम कठायतले पलाँताको शिक्षाको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने पत्रकार धन बहादुर सार्कीले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा शिक्षा र स्वास्थ्यको सुधारका लागि ८ प्रतिबद्धता व्यक्त गरिएका छन् । २०८० जेठ महिना भित्र पलाँता गाउँपालिकाको शिक्षा नीति र शिक्षा कार्यविधी बनाउने, २०८० बैशाख भित्र पलाँता गाउँपालिकाका सम्पुर्ण विद्यालयहरुको विद्यालय सुधार योजना निर्माण लागि शिक्षा शाखाले अगुवाई गर्ने, विद्यालय उमेरका सम्पुर्ण बालबालिकाहरुलाई भर्ना अवधि भित्र नै भर्ना गरिसक्ने, गाउँपालिका भित्रका सबै विद्यालयमा बैशाखमै पाठ्यपुस्तक उपलब्ध गराउने, शिक्षा शाखाको अगुवाईमा २०८० भित्र शिक्षक तथा वि।व्य।स लाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गर्ने, कक्षा तीन सम्म पेनसिलले लेख्न कार्यको लागि शिक्षक तथा अभिभावकलाई अभिप्रेरित गर्ने, पलाँता गाउँपालिकाबाट पारित स्वास्थ्य तथा सरसफाइ नीति २०७९ लाई राजपत्रमा प्रकाशित गर्ने र पलाँता गाउँपालिका भित्रका निरक्षर जनसंख्यालाई लक्षित साक्षरता कार्यक्रम संचालन गर्ने बारे प्रतिबद्धता व्यक्त गरिएका छन् । मिसन इस्टको सहयोग र किर्डाक नेपालको साझेदारीमा स्वास्थ्य सेवालाइ प्रभाव पार्ने बिषय र गुणस्तरीय शिक्षाका बिषयमा कचहरी कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित