पचालझरनामा योजनाको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले चालु आर्थिक वर्षमा भए गरेका कामको अनुगमन थालेको छ ।

पचालझरना गाउँ पालिकाको वडा न.१ सिकुबाट आज अनुगमन थालिएको हो । सिकुमा भएका कामहरुको गाउँ पालिका उपाध्यक्ष अल्किना बम,वडा न.९का अध्यक्ष ललितजंग शाही,योजना अधिकृत कमल बम,प्रधानमन्त्रि रोजगार संयोजक नमराज संज्याल,प्राविधिक सहितको टोलिले सरस्वति माध्यमिक विद्यालयको भवन,चौंलिमा रहेको आधारभुत विद्यालयको भवन,प्रसुति गृह लगाएतका योजनाको अनुगमन गरिएको बताइएको छ ।

अनुगमनका क्रममा वडा न.१का वडा अध्यक्ष विर्खे लुवारले वडामा भएका कामको बारेमा जानकारी दिएको बताइएको छ । अनुगमनमा खटिएका सब इन्जिनियर सुर्य बहादुर खड्काका अनुसार प्रधानमन्त्रि रोजगार र मुख्यमन्त्रि रोजगार कार्यक्रमबाट भएका कामका साथै गाउँ पालिकाबाट चालु रहेका कामको अनुगमन गरिएको र बांकी रहेको कामको दुई महिना भित्र सम्पन्न गरेर समयमै भुक्तानि लिने तयारी गरेको बताएका छन ।

अनुगमनका क्रममा पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमले पचालझरनामा चालु आर्थिक वर्षमा कुनै पनि योजनाको रकम फिर्ता नजाने गरी कामको रफ्तार अघि बढाइएको बताउदै कामको गुणस्तरका लागि समेत स्थलगत रुपमा योजनाको अनुगमन थालिएको बताएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित