कालिकोट ।दुइ दिन सम्म चलेको नेपाल दलित मुक्ति मोर्चा कर्नालि प्रदेशको प्रथम सम्मेलनबाट कालिकोटका दिनेश चदारा प्रदेश अध्यक्षमा सर्बसम्मत भएका छ्न ।
नेकपा(माओवादी केन्द्र)को भातृ संगठन नेपाल दलित मुक्ती मोर्चाको बैशाख ४र ५ गते सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा हिरा सुनार सुर्खेत,बबिता चदारा जाजरकोट,सचिब लाल बहादुर सिर्पाली रुकुम पश्चिम,सहसचिव मोहनलाल चनारा मुगु,तिर्थ सुनार दैलेख,ननैसिंह नेपाली हुम्ला सहित ९९ सदस्य प्रदेश समिती रहेको बताइएको छ ।
Discussion about this post