कालिकोट ।पलाता गाउँ पालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष कल बहादुर बम(उमेश) ले ५ वर्ष सम्म आफ्नो वडालाइ बिकट भएपनी प्रत्येक टोलमा सडक,स्वास्थ्य,शिक्षामा सहजता कायम गरेर नमुना बनाउने योजना बनाएको बताएका छ्न ।
सबै भन्दा बढी बिकट मानिएको वडा नम्बर ७ लाई स्वास्थ्यमा सहजताका लागि दुई स्थानमा स्वास्थ्य इकाइ स्थापना गरिएको बताउदै वडा अध्यक्ष बमले वडा स्तरमा स साना काम भएको र ठुला बिकाश निर्माणका योजनाका लागि प्रदेश सरकार संग माग भएको बताए ।आफुले दैनिकर र पारौटीमा स्वास्थ्य इकाइ संचालनमा ल्याएको,पारौटीमा आधारभूत बिद्यालय संंचालन गरिएको,बिद्यालयका भवन देखि सिचांई कुलो,गोरेटो बाटो,काठे सांघु लगाएतका काम अघि बढेको बताएका हुन ।कर्नाली संचार संग कुरा गर्दै वडा अध्यक्ष बमले अहिले दुर्शी पारौटी सम्मको सडकको काम समेत शुरु गरिएको बताए ।
पछिल्लो समय पालिकालाइ आफुले सक्दो सहयोग गर्ने र पालिका सरकारले अन्य वडा भन्दापनी भौगोलिक बिकटताका कारण बढी ध्यान जाने छ भन्ने अपेक्षा रहेको र अहिले सम्म सकारात्मक रहेको र आगामी दिनमा समेत सहयोग हुने आशा लिएको बताएका छ्न ।पुर्ब जनमुक्ति सेना नेपालका कमान्डर समेत रहेका बमले जनताको चाहाना अनुसार काम गर्ने बताएका छ्न ।
आफ्नो कार्यकाल ५ वर्ष सम्म जनताले जे भन्छन त्यही ढंगले जनताको नोकर भएर काम गर्ने दाबी गर्दै नमुना काम र सोही अनुसारको नाम कमाउने बताएका छ्न । साबिकको थिर्पु गाबिसका ३ वडा मिलेर बनेको वडामा गएको असोजमा आएको बाढीले घर,जग्गा जमिन भत्काएकाले समस्या आएको र समाधानका लागि वडा देखो पालिका सम्म काम अघि बढेको बताइएको छ ।
Discussion about this post