कर्नालिमा माओवादी केन्द्र द्धारा ९ दर्जन प्रशिक्षक तयार

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कर्नालि प्रदेशले दोस्रो तहको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।

बैशाख ७ गते देखि ९ गते सम्म संचालन गरेको पार्टी स्कुलिङका लागि एक सय ८ जना प्रशिक्षक तयार गरेको छ । पार्टी स्कुलिङमा कर्नालि प्रदेशका १० वटा जिल्लाबाट ५ जना,विभागबाट गरेर एक सय २० जना सहभागि रहेको बताइएकाे छ ।

साे प्रशिक्षक प्रशिक्षण तालिममा केन्द्रिय स्कुलिङ विभागका इन्चार्ज गिरिराजमणि पोख्रेलको उपस्थितिमा उद्घाटन भएको प्रशिक्षक तालिममा केन्द्रिय स्कुलिङका विभागका केन्द्रिय सचिव रामदिप आचार्य,प्रदेश इन्चार्ज कालि बहादुर मल्ल,पार्टी पोलिट व्युरो सदस्य पशुराम तमाङ,माक्सबादी विज्ञ रमेश सुनावार,मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक उपेन्द्र विक,पार्टी प्रदेश अध्यक्ष विमला केसी, प्रदेश स्कुलिङ विभाग प्रमुख कृष्ण जिसि लगाएत १३ जना प्रशिक्षकले तालिम दिएको बताइएकाे छ  ।

यस अघि काठमाडाै‌मा पहिलाे चरणकाे प्रशिक्षक प्रशिक्षण तालिम सँचालन गरिएकाे थियाे ।प्रदेश स्तरमा स‌ँचालन गरिएकाे प्रशिक्षण कार्यक्रममा सहभागि मान बहादुर भण्डारीका अनुसार लामो समय सम्म टुटेको कडि पुन जोडिएर प्रशिक्षण लिदा नयाँ अनुभुति भएको बताएका छन । जिल्ला स्तरमा पार्टी स्कुलिङ संचालन गरिने बताइएको छ ।

प्रशिक्षक प्रशिक्षण तालिम समापनका क्रममा कर्नालि प्रदेशका पूर्व मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले कर्नालिकाे प्राचिन देखि बर्तमान अवस्थाका बारेमा प्रशिक्षण दिएकाे र वर्तमान मुख्यमन्त्रि राजकुमार शर्माले सहभािगहरुलाइ प्रमाण पत्र हस्तान्तरण गरेकाे बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित